गुल्मीमा भिर बाट लडेर महिलाको मृत्यु !



बैशाख २१ गुल्मी ।

गुल्मीमा घाँस काट्ने क्रममा लडेर ४३ वर्षीया महिलाको मृत्यु भएको छ । जिल्लाकाे रेसुङ्गा नगरपालिका वडा नम्बर २ छापटाेला बस्ने ४३ वर्षीय खुमकला थापाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।                                                            उनका अनुसार, थापा श्रीमान् सँगै घाँस काट्न रेसुङ्गा नगरपालिका वडा नम्बर ३ दहडाँडामा गएकी थिइन् । घाँस काट्ने क्रममा लडेपछि उनलाई अस्पताल ल्याइएकोमा अस्पतालले खुमकलालाई मृत घाेषणा गरेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता