गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2022/09/volleyball-e1424940502682.jpg?fit=1013%2C563&ssl=1)
भदौ २४ गुल्मी ।
गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदैछ । जिल्ला भलिबल संघ गुल्मीले पालिका स्तरीय भलिबल प्रतियोगीताको आयोजना गरेको हो ।
आगामी कार्तिक १५ गतेदेखि १८ गतेसम्म ‘प्रथम गुल्मी जिल्ला भलिवल कप २०८०’ संचालन हुन लागेको संघका महासचिव नारायण आचार्यले जानकारी दिए । उनले नेपालको राष्ट्रिय खेल भलिवलको विकास तथा बिस्तार र राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले चिदिचौरमा पालिका स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता आयोजना गरिएको बताए ।
महासचिव आचार्यका अनुसार, पुरस्कार राशीकाे बारेमा संघले छिट्टै निर्णय गर्नेछ । असोज पहिलो हप्ता पत्रकार सम्मेलन गरेर सबै जानकारी गराउने संघको तयारी रहेको महासचिव आचार्यले बताए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।