गुल्मीमा पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जना संक्रमण मुक्त !



गोकर्ण पाण्डे -गुल्मी।

गुल्मीमा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा ३८ जना र पिसिआर परिक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालयले गुल्मीले जानकारी दिएको छ।

जिल्लाको मुसिकोट नगरपालिकामा दस जना, छत्रकोट गाउँपालिकामा २३ जना,इस्मा गाउँपालिकामा १५ जना, रुरुक्षेत्र गाउँपालिकामा सात जना,गुल्मीदरबार गाउँपालिकामा नौ जना,सत्यवती गाउँपालिकामा चार जना,रेसुङा नगरपालिकामा ६ जना,मदाने गाउँपालिकामा एक जना, चन्द्रकोट गाउँपालिकामा एक जना गरी ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ४ सय १८ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका वडा नम्बर ५ की ४० वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।यो सगै गुल्मीमा दोस्रो कोरोना लहरका कारण ९१ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल तिन हजार एक सय ४७ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता