गुल्मीमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जना कोरोना संक्रमण मुक्त !



गोकर्ण पाण्डे -गुल्मी।

गुल्मीमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। जिल्लाको मुसिकोट नगरपालिकामा नौ जना,इस्मा गाउँपालिकामा एक जना, धुर्कोट गाउँपालिकामा छ जना,चन्द्रकोट गाउँपालिकामा एक जना,गरि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या २ सय ९७ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल दुई हजार ७ सय २३ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । दोस्रो कोरोना लहरका कारण गुल्मीमा ८९ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता