गुल्मीमा निषेधाज्ञा (लकडाउन) जेठ १५ सम्म लम्बियो !



जेठ- ३ गुल्मी ।

गुल्मीमा निषेधाज्ञाको समय जेठ १५ गतेसम्म लम्बिएको छ ।
जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । यस अगाडी थप गरिएको निषेधाज्ञाको समय जेठ चार गते (भोली) राती १२ बजे सकिदैछ ।
थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन् । निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्र्तगत कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या एक हजार ३८ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमणका कारण जिल्लामा ५२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म दुई सय ६ जना उपचार पछि निको भएको कार्यालयले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता