गुल्मीमा निमार्णधिन सबै खेलकुदका संरचना सम्पन्न



डि.बी खड्का गुल्मी ।
गुल्मीमा निर्माणाधीन खेलकुदका सबै संरचना समयमै सम्पन्न भएका छन् । आर्थिक वर्ष २०७५ /२०७६ मा राष्ट्रिय खेलकुद परिषद् बाट विनियोजित ९७ लाख बाट जिल्लाका विभिन्न चार  स्थानमा खेलमैदान तथा कर्वड हल सम्मन्न भएको जिल्ला खेलकुद विकास समिति गुल्मीले जानकारी दिएको छ ।
रेसुङगा नगारपालिका तम्घासमा निमार्णधीन कर्वड हल । तस्वीरः कार्यलय प्रमुख डिल्ली विश्वकर्मा
गुल्मीमा यो वर्ष राष्ट्रिय खेलकुद परिषद् बाट रेसुङगा नगरपालिकामा ५० लाखको लागतमा  ब्याडमिन्टन कर्वड हल,मालिका गाउँ पालिका ८ सिमलटारीमा वीस लाखको लागतमा मालिका मावि खेलमैदान ,रुरु गाउँ पालिका वडा नम्बर १ मा सात लाखको लागतमा भुटुवा क्रिकेट मैदान र  वीस लाखको लागतमा रुरु ब्याडमिन्टन कर्वड हल सम्पनन्न भएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्ण भण्डारीले बताए ।
साथै जिल्लाका विभिन्न स्थानमा  भौतिक संरचना निर्माण भए सँगै अब गुल्मी जिल्लाले प्रदेश स्तरका ब्याडमिन्टन तथा कबड्ी खेल आयोजना गर्न सक्षम भएको जिल्ला खेलकुद विकास कार्यालय गुल्मीमा कार्यालय प्रमुख डिल्ली विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता