गुल्मीमा जिप दुर्घटना एकको मृत्यु चार घाईते !



माघ ७ गुल्मी ।

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।
जिल्लाको मुसिकोट नगरपालिका – ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबास तर्फ जादै गरेको लु १ च ७२९८ नम्बरको जिप मुसिकोटको ददल्कामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाईते भएका ५५ वर्षिय कालु विकको वामिटक्सारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपाल चन्द्र भट्टराईले बताए । त्यस्तै दुर्घटनामा परी अन्य तीन जना गम्भीर घाईते भएको र उनिहरुको उपचारको लागी पाल्पा रिफर गरिएको छ । भने दुई जनाको सामन्य उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।

जिपमा सात जना यात्रु सवार रहेको बताईएको छ । चिप्लो र अप्ठ्यारो सडक भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता