गुल्मीमा घाँस काट्ने क्रममा लडेर पत्रकारको मृत्यु
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2022/06/285858901_729083408295677_3845298200285347428_n.jpg?fit=206%2C206&ssl=1)
हुमाकान्त पाेखरेल
गुल्मी, २४ जेठ ।
गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारकाे मृत्यु भएको छ । धुर्काेट गाउँपालिका -४ जैसिथाेक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पाेख्रेलकाे मंगलबार मृत्यु भएको हाे । पाेखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपकाे रूखबाट लडेका थिए ।
उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिए । पाेख्रेल रेडियो नवलपरासीस्थित रेडियो दाैदरीका स्टेसन म्यानेजर एवम् प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् ।
उनी भेटघाटकाे लागि पाँच दिनअघि घर आएका थिए । पाेखरेलले विगत लामाे समयदेखि नवलपरासीमा पत्रकारिता गर्दै आइरहेका थिए । भेटघाटकाे लागि पाँच दिनअघि पाेखरेल घर आएका थिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।