गुल्मीमा गठबन्धनको चुनावी बैठक सम्पन्न !



असौज २८ ।

गुल्मी निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतका दुईवटै प्रदेशमा चुनावी बैठक सम्पन्न भएको छ । प्रदेश ‘क’ को बैठक इस्मा गाउँपालिकाको झरना र ‘ख’ को बैठक मालिका गाउँपालिकाको सिमलटारीमा सम्पन्न भएको हो । बैठकले दुवै प्रदेशमा आवश्यक पालिकास्तरका निर्वाचन परिचालन कमिटी गठन गरेको छ । दुवै बैठकमा एकीकृत समाजवादीकी सचिव एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले गुल्मीको विकासका लागि पहिलेदेखि नै गठबन्धनका दलहरुबीच सहकार्य भइरहेको बताइन् । ‘पानी परे बत्ति नआउने, सडक बन्द हुने, टेलिफोन बन्द हुने लगायतका समस्या जिल्लाबासीले खेप्नुपरेको छ ।’ झाँक्रीले भनिन्, ‘यस्ता समस्या अन्त्य गर्न हामी गठबन्धन बनाएर निर्वाचनमा होमिएका हौँ ।’ काँग्रेस लुम्बिनी प्रदेश उप–सभापति समेत रहेका गुल्मी २ ‘क’ का उम्मेदवार भुवन प्रसाद श्रेष्ठले स्थिर सरकार निर्माण र विकासलाई तिब्रता दिनका लागि गठबन्धनले जित्नु आवश्यक रहेको बताए ।

काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले बागी उम्मेदवारी दिएका डाक्टर दामोदर भुसाललाई पार्टीले कारवाही गरेकोले अब कोही पनि बागी उम्मेदवार नभएको बताए । माओवादी केन्द्रका जिल्ला संयोजक एवम् प्रदेश ‘ख’ का उम्मेदवार बुद्धि जिसीले माओवादीको उम्मेदवार नभएको क्षेत्रमा गठबन्धनकै उम्मेदवारलाई माओवादी सम्झिएर मत दिन र निर्वाचन प्रचारमा लाग्न कार्यक्रताहरुलाई निर्देशन दिए । बैठकमा सम्बन्धित पालिकास्तरका कमिटीका पदाधिकारीहरु, गठबन्धनसम्बद्ध दलहरुका भातृ संगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता