गुल्मीमा एक पुरुष घरमै मृत फेला !

फागुन -२७ गुल्मी ।
गुल्मीका एक पुरुष घरमै मृत फेला परेका छन् । गुल्मीदरबार गाउँपालिका–६ तल्लो रिपाहकाका ४६ बर्षीय मानबहादुर सिजाली शुक्रबार घरमै मृत फेला परेका प्रहरीले जनाएको हो ।
उनको मृत्यु गएराती भएपनि शुक्रबार बिहान प्रहरीलाई खबर गरेको गुल्मी प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद खरेलले जानकारी दिए । प्रारम्भिक अनुसन्धानबाट घरायसी झगडा भइरहने गरेको डिएसपी खरेलले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
स्रोत रातोपाटी
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।