गुल्मीमा एक्साभेटर दुर्घटना हुदाँ चालकको मृत्यु !



जेठ २७ गुल्मी ।

गुल्मीमा एक्साभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नं २ रातापानी देखि लुम्छा तर्फ जाँदै गरेको लु १ क ४७७१ नं को एक्साभेटर भिरबाट खस्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
दुर्घटनामा परी चालक दाङ जिल्ला शान्तिनगर गाउँपालिका १ तिलकपुर बस्ने अन्दाजी ३३ वर्षीय यज्ञ वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिए ।
उक्त एक्साभेटर भिरबाट झण्डै पाँच सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान हुँदै गरेको प्रहरीको भनाई छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता