गुल्मीमा अवैध मदिरा बरामत !




अमर पन्थ गुल्मी,भदौ ८

जिल्ला प्रहरी कार्यलय गुल्मी,ईलाका प्रहरी कार्यलय रिडी र प्रहरी चौकी श्रृङ्गा गुल्मीको संयुक्त आयोजनामा अवैध रुपमा उत्पादन गरेको जाँड रक्सी तथा रक्सी बनाउने सामान बरामत गरिएको छ ।

प्रहरी निरीक्षक राजकुमार रावलको  नेतृत्वमा  खटीएको संयुक्त प्रहरी टोलीले जिल्लाको रुरु गाउँपालिका वडा नंम्वर १ ,३ र ४ रिडी देखि श्रृङ्गा सम्मको क्षेत्रमा अवैध रुपमा उत्पादन गरेको अवैध रक्सी ३०० लिटर,जाँड तथा  जाँड बनाउन प्रयोग हुने पर्दाथ ५०० लिटर र जाँड रक्सी बनाउने प्रयोग हुने भाडा ६ थान नियन्त्रण लिई जफत गरेको छ ।

जिल्ला प्रहरी कार्यलय निरीक्षक राजकुमार रावल,ईलाका प्रहरी कार्यलय रिडीका प्रमुख नायव निरीक्षक सालिक राम थापा र प्रहरी चौकी श्रृङ्गा प्रहरी निरीक्षक हरि  किसान पुन लगायत २४ जनाको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता