गुल्मीको रेसुङ्गामा थप ५ प्रजातिका चराहरु फेला



अनिल खत्री
३ फागुन, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा वन क्षेत्रमा थप ५ प्रजातिका चरारहरु फेला परेका छन् । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरा सम्बन्धी अध्ययन गर्दै आएको छ ।
जस अनुसार पछिल्लो पटक गरिएको अध्ययनमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया, टुइँसी सुगा फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनु भयो । रेसुङ्गा क्षेत्रमा नेपालमा पाइने नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये ३५ प्रतिशत रहेको तथ्य फेला परेको छ । रेसुङ्गा क्षेत्रमा मात्र पाइने चराहरुको संख्या २५८ पुगेको छ ।
यस अघि २५३ प्रजातिका चराहरु फेला परेका थिए । रेसुङ्गा क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् ।
रेसुङ्गा धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रसँगै चरा अबलोकनका लागि उत्कृष्ट गनतव्य बन्दै गएको छ । चरा सम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले तयार गरेको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरिएको हो ।
पुस्तकको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बिमोचन गर्नुभएको थियो । पुस्तक बिमोचन गर्दै नगरप्रमुख पन्थीले यसक्षेत्रको विकास र प्रचार प्रसारमा सबैको सहयोग अपरिहार्य रहेको बताउनु भयो ।
रेसुङ्गा क्षेत्रको विकास हुनु जिल्लाकै निम्ति गौरव रहेको पन्थीले बताउनु भयो । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरा सम्बन्धी अध्ययन गर्दै आएको छ ।
पुस्तकमा त्यस क्षेत्रमा पाइने चराहरु र त्यहाको अबस्थाको बारेमा उल्लेख गरिएको छ । रेसुङ्गा क्षेत्रमा नेपालकै लोपउन्मुख प्रजातीका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबैपक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनु भयो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता