गुल्मीको प्रअ विवाद पुग्यो उच्च अदालत सम्म, तीन वटा निकाय विरुद्ध मुद्दा दर्ता !



 
डि.बि खड्का,असोज ३१ गुल्मी
 राजनीतिको चरम चपेटामा परेको गुल्मीको रेसुङा नगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको विवादले नयाँ रूप लिएको छ । प्रधानाध्यापक नियुक्तिको विषयले महेन्द्र नमुना माध्यमिक विद्यालय यति बेला  विवादको भुमरीमा फसेको छ ।
तीन वटा निकाय विरुद्ध मुद्दा दर्ता ।
महेन्द्र नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति विरुद्ध  प्रअ केशर बहादुर थापाले उच्च अदालत बुटवलमा मुद्दा दर्ता गराएका छन् ।  आफूलाई विद्यालय व्यवस्थापन समितिले अन्याय पूर्वक प्रधानाध्यापक बाट हटाएको भन्दै उनले उच्च अदालत बुटवलमा मुद्दा  दर्ता गराएका हुन ।  उनले भने म अन्यायमा परेको छु । न्यायको  लागी उच्च अदालत बुटवलमा मुद्दा दर्ता गराएको छु ।
रेसुङगा नगरपालिका र शिक्षा समन्वय इकाई विरुद्ध पनि मुद्दा दर्ता ।
प्रधानाध्यापक केशर बहादुर थापाले रेसुङगा नगरपालिका र जिल्ला शिक्षा समन्वय इकाई गुल्मी विरुद्ध पनि उच्च अदालत बुटवलमा मुद्दा दर्ता गराएका छन् । विद्यालय व्यवस्थापन समितिको निर्णय खारेज गर्न तर कार्यान्वयन नगर्न भन्दै  रेसुङगा नगरपालिका विरुद्ध  मुद्दा दर्ता गराए बताए । साथै जिल्ला शिक्षा समन्वय इकाई गुल्मीले समन्वयको भूमिका नखेलेको भन्दै जिल्ला शिक्षा समन्वय इकाई गुल्मी विरुद्ध पनि मुद्दा दर्ता गराएको बताएका छन् । उनले यी तिनै वटा निकाय विरुद्ध भदौ २६ र २७ गते मुद्दा दर्ता गराएका हुन । साथै आफू अब सम्माननीय अदालतको प्रतिक्रियाको प्रतीक्षा गरेको सल्लेरी खबर लाई बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता