गुल्मीका ८० हजार नागरिकले भोली देखी कोरोना विरुद्धको खोप लगाउदै



मंसिर -६ गुल्मी ।

भोली देखी गुल्मीका झण्डै ८० हजार नागरिकले कोरोना विरुद्धको खोप लगाउने भएका छन् । जिल्लामा प्राप्त भएको ८० हजार जापनिज एस्टाजेनिका डोज खोप मध्ये ७९ हजार ६ सय डोज खोप सबै स्थानीय तहमा पुगिसकेको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।
१८ वर्ष भन्दा माथि र तीन महिनाको गर्भ नाघेका महिलाहरुलाई परिचय पत्रको आधारमा खोप प्रदान गरिने छ । भोली मंसिर ७ गते देखी सुरु भएको खोप अभियान मंसिर ९ गते सम्म चल्ने छ ।
जिल्लामा प्राप्त भएको खोपलाई जिल्लाका स्थानीय तहको जनसंख्याको आधारमा बाडिएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख पशुपति आर्चायले बताए ।

जस अन्र्तगत चन्द्रकोट गाउँपालिकामा छ हजार पाँच सय डोज, छत्रकोट गाउँपालिकामा छ हजार तीन सय डोज, धुर्कोट गाउँपालिकामा छ हजार एक सय,गुल्मीदरबार गाउँपालिकामा छ हजार चार सय, इस्मा गाउँपालिकामा पाँच हजार पाँच सय, कालीगण्डकी गाउँपालिकामा पाँच हजार दुई सय, मदाने गाउँपालिकामा पाँच हजार आठ सय,मालिका गाउँपालिकामा पाँच हजार आठ सय,रुरु गाउँपालिकामा पाँच हजार पाँच सय,सत्यवती गाउँपालिकामा सात हजार एक सय,मुसिकोट नगरपालिकामा नौ हजार चार सय र रेसुंगा नगरपालिकामा १० हजार डोज खोप प्राप्त गरेका छन् ।
लक्षित समुह ठुलो रहेकाले सुरक्षा मापदण्ड पुर्ण रुपमा पालन गरी एउटा खोप केन्द्र बाट दैनिक एक सय देखी एक सय पचास जना सम्मलाई खोप सेवा प्रदान गर्न स्वास्थ्य कार्यालय गुल्मीले सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।
यता स्थानीयतहले पनि खोप सेवा प्रदानको लागी आवश्यक व्यवस्थापन गरिसकेको बताएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता