गुल्मीका २९ वटा उजुरी अख्तियारमा ! कुन स्थानीय तहका कति उजुरी ?



बैशाख ५ गुल्मी ।

गुल्मीबाट सामाजिक सुरक्षा भत्ता देखि राजश्व चुहावटमा भएको अनियमितताको उजुरी अख्तियारमा परेका छन्।  गुल्मीबाट यस आर्थिक वर्षमा भ्रष्टाचारका कुल २९ वटा उजुरी अख्तियारमा परेका हुन्।

जिल्लाका ८ स्थानीय तहबाट आर्थिक वर्ष २०७८र७९ मा कुल २९ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका बुटवलका अनुसार सार्वजनिक खरिद र निर्माण, उपभोक्ता समिति, प्रशासनिक कार्य, तालिम र क्षमता विकास, सेवा प्रवाह, सार्वजनिक जग्गाको अतिक्रमण, नक्कली प्रमाणपत्र र लाइसेन्स, विद्यालय दिवा खाजा, कृषि क्षेत्र, विषयगत क्षेत्र, सामाजिक सुरक्षा भत्ता र राजस्व चुहावट लगायतका बिषयमा भ्रष्टाचार भएको भन्दै स्थानीयबाट उजुरी परेका हुन्।

गुल्मीबाट यस आर्थिक वर्षमा कुल २९ भ्रष्टाचारका उजुरी परेका मध्ये सबैभन्दा बढी धुर्कोट गाउँपालिकाका उजुरी रहेका छन्।

धुर्कोट गाउँपालिकाबाट यस आर्थिक वर्षको आठ महिनामा ११ वटा उजुरी परिसकेका छन् । त्यस्तै जिल्लाको छत्रकोट गाउँपालिकाका आठ वटा भ्रष्टाचारका उजुरी परेका छन्। मुसिकोट नगरपालिकाका तीन वटा, रेसुङ्गा नगरपालिकाका दुई वटा, रूरूक्षेत्र गाउँपालिकाका दुई वटा, मदाने गाउँपालिका, चन्द्रकोट गाउँपालिका र इस्मा गाउँपालिकाका एक एक वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा परेका छन्।

जिल्लाका चार स्थानीय तहबाट भने यस आर्थिक वर्षमा भ्रष्टाचारका कुनै उजुरी अख्तियारमा परेका छैनन्।

कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, मालिका गाउँपालिका र गुल्मी दरबार गाउँपालिकाबाट उजुरी नपरेको अख्तियारले जनाएको छ। जिल्लाका स्थानीय तहबाट परेका कुल २९ उजुरी मध्ये १८ वटा उजुरी फर्छ्यौट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

धुर्कोट गाउँपालिकाका सात वटा, छत्रकोट गाउँपालिकाका सात वटा, मुसिकोट नगरपालिकाका तीन वटा र इस्मा गाउँपालिकाका एक वटा उजुरी फर्छ्यौट भइसकेका हुन्। परेका उजुरी मध्ये अझै ११ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको कार्यालयले जनाएको छ। स्रोत थाहा खबर

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता