गुल्मीका स्थानीय तहले कृषि तथा पशुपालनमा कस्तो एजेन्डा ल्याउनु पर्छ त ? (सुझाव सहित)



बैशाख २३ गुल्मी ।

देश अहिले निर्वाचनमय बनेको छ । दलहरूलाई घरदैलो अभियानले भ्याइ नभ्याई छ । भने सरकारी पक्षले पनि आफ्नो तयारीलाई तिव्रता दिईएको छ । दलहरु विभिन्न एजेन्डा लिएर अहिले जनताको घरआगनमा पुगेका छन । विशेषगरी गुल्मीका दलका उम्मेदवारले भौतिक विकास निर्माणका कार्यलाई जोड दिएका छन भने कृषि ,पर्यटन तथा रोजगारीका कुरालाई पनि आफ्नो घोषणा पत्रमा प्राथमिकता दिएका छन ।
तर गुल्मी जिल्लाको भौगोलिक अवस्था तथा यहाँको वातावरण सुहाउँदो संगै ५ वर्षमा गर्न सकिने कृषि तथा पशुपालनमा कस्ता एजेन्डा किसान समक्ष लैजादा उपयुक्त होला त  ? भनेर हामीले सत्यवती गाउँपालिकाका पशुपंक्षी शाखाका प्रमुख नारायण खनाल संग राखेको जिज्ञासामा उनको जबाफ यस्तो छ ।

१) गाउँपालिकाको भौगोलिक अवस्था किसानको चाहना र सम्भाव्यताको आधारमा कृषि विज्ञहरुको उपस्थितिमा पालिका स्तरीय रणनीति         तयार पार्ने ।

२) निर्बाहमुखि अबस्थामा रहेको कृषि तथा पशुपालन व्यवसायलाई व्यवसायिकरण,विविधिकरण,यान्त्रिकरण र बजारीकरण गरी कृषकको       जिवन स्तर सुधार गर्ने ।

३)  बजारीकरणको ग्यारेन्टीका साथै जोखिम न्यूनीकरण गर्न पशुपंक्षी र बाली विमा कार्यक्रम लागु गर्ने ।
४) अर्काको अधिया पाल्दै आएका किसानलाई थोरो (पाडी,बाख्रा) भए नि नि :शुल्क रुपमा  वितरण गर्ने ।

५) अनुदान प्रक्रिया लाइ सरल, सहज र वैज्ञानिक बनाउने ।
६) गाई पालेर दुध उत्पादन गर्ने किसानले भोक्दै आएको बुढा अनुत्पादक गाई र बाछा व्यवस्थापनको
लागि गौ आरक्ष केन्द्र खोलि गहुत उत्पादन प्रशोधन कार्य गर्ने ।
७) उत्पादक किसानको स्वामित्व रहने गरि समाजबाद उन्मुख अर्थ व्यवस्था निर्माणका आधार स्तम्भको
रुपमा समूह सहकारीमार्फत उत्पादनलाइ विस्तार गर्ने ।
८) उत्पादक किसानको समस्यालाइ मध्ये नजर गरी ब्रोइलर कुखुरा र तरकारीको न्युनतम समर्थन मूल्य
कायम गरी किसान सधै गरिब र दुखी हुने व्यबस्थाको अन्त्य गर्ने ।
९) सिचाई मलखाद र प्रबिधि लाइ सहज र सुलब बनाउने
१०) मावि र उच्च माविका विद्यार्थीलाई कृषि पशुपालन संग जोडेर पढ्दै कमाउदै कार्यक्रम संचालन
गर्ने ।

११) कृषि पशुपालन लाई जीवन, पोषण र संग जोड्ने तथा उत्पादनमा आधारित प्रोत्साहन किसानलाई उपलब्ध गराउने ।

१२) बिभिन्न बालीको बिउ उत्पादन कार्यक्रम लाई जोड दिने ।
१३) गाउँ पालिकामा सित भण्डारणको व्यबस्था गर्ने ।
१४) किसानको उत्पादन खरिद गर्ने समूह सहकारी लाइ कोल्ड रूमको व्यवस्था गर्ने ।

नोट नारायण खनाल विगत २० वर्ष देखी पशुपालन तथा कृषि क्षेत्रमा सरकारी जागीरेका रुपमा कार्यरत छन । उनले सत्यवती गाउँपालिकाको कृषी तथा पशुपंक्षी क्षेत्रमा महत्वपुर्ण योगदान दिएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता