गुल्मीका झविन्द्र आचार्य द्वारा NRNA कतारकाे सदस्य पदमा उम्मेदवारी



हाम्रा संवाददाता कतार ,  गैर  आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको २०१९-२०२१) कार्यकालका लागी सामाजिक अभियन्ता झवीन्द्र आचार्यले खुल्ला सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

कतारमा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका सामाजिक अभियन्ता आचार्यले शुक्रवार उम्मेदवारी दर्ता गराएका हुन् । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ५ छापाहिले घर भइ हाल कतारमा कार्यरत आचार्यले मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरेर आफूले उम्मेदवारी दर्ता गराएको साझा बताए ।

लामो समयदेखि समाज सेवामा लागेका आचार्य गुल्मी सेवा समाज कतारका वर्तमान कार्यसमितिका अध्यक्ष समेत हुन । आचार्य कतारमा गुल्मी यातायातको नामबाट पनि परिचित छन । उनले कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा रहेको बताए ।

उनले सस्थाको पदनै ठुलो कुरा नभनी जुनसुकै पदमा रहेपनि पद भन्दा काम ठुलो भन्ने मान्याता राख्दै तन र मन दिई आगामी दिनमा सस्थाको सम्पूर्ण पदाधिकारीसँग हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ सस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हक, हितको पक्षमा काम गर्न आफु तयार रहेको बताउछन ।

उनले हरेक नेपाली श्रमिकको प्रत्यक्ष दुख सुखमा साथ दिन सक्ने तर्फ अगाडी बढाउन आफ्नो ठाउँबाट मह्त्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिवद्द्ता समेत व्यक्त गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता