गुल्मीका कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

कात्तीक २ गुल्मी ।

गुल्मीका एक कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ । रेसुंगा नगरपालिका–३ तम्घासकी ५३ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
असोज ३० गते शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको शुक्रबार साँझ साढे ६ बजे आईसीयूमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले पुष्टि गर्नुभयो । यो सगैं गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ७ पुगेको छ ।