कोरोना विरुद्धको खोप अभियान चौथो दिन ःगुल्मीमा ४९२ जनाले खोप लगाए



माघ १८ ।
कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान अन्र्तगत गुल्मीमा आज चौथो दिन सम्म आइपुग्दा चार सय ९२ जनाले खोप लगाएका छन् ।
आइतबार चौथो दिन एक सय ७७ जना स्वास्थ्यकर्मीले खोप लगाएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपती आर्चायले जानकारी दिए ।

आइतबार जिल्लाको मुसिकोट नगरपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिका,चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई खोप लगाइएको हो ।
विहिवार देखी सुरु भएको खोप अभियानमा पहिलो दिन एक सय एक र दोस्रो दिन ८७ जना, तेस्रो दिन एक सय २७ जना स्वास्थ्यकर्मीले खोप लगाएका थिए ।
माघ २४ गते सम्म चल्ने खोप अभियानमा जिल्लाका झण्डै दुइ हजार भन्दा बढी स्वास्थ्यकर्मी तथा स्यंमसेवीकालाई खोप प्रदान गरिने छ ।
गुल्मीको लागी ४ सय १८ भायल कोरोना खोप प्राप्त भएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता