कुराकानी , मेरै कुलमा रक्सी चढाउनु पर्छ – गाउँपालिका अध्यक्ष थापा



प्रेम सुनार, गुल्मी, २०७६ फागुन २४ ।

गुल्मीको कालिगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापा स्थानिय तहको निर्वाचन पछि जिल्लाका १२ वटा स्थानिय तह मध्ये जनजाती समुदायबाट पालिका प्रमुखमा विजयी हुने पहिलो ब्यक्ति हुन । नेपाली कांग्रेसबाट विजयी भएका थापा फरासिलो र हकी स्वभावका मानिन्छन् ।

उनी निर्वाचित भए पश्चात त्यस पालिकामा जनजाती संस्कृति संरक्षणमा मात्र होईन , बिशेष गरि व्राह्म्ण समुदायले विगतमा पढ्ने गरेको संस्कृति शिक्षा संरक्षणमा समेत भुमिका खेल्दै आएका छन् । दलित र जनजाति समुयायय भित्र हुँदै आएका बाल बिबाह , बहुबिबाह, अन्य बिकृति बिसंगति र बिशेष गरि घरेलु मदिरा सेवनलाई उनले ठुलो चुनौतीका रुपमा लिएका छन । तर पनि एक प्रंशंगमा उनले भने चुनौती ठानेर के गरुँ रु म ढाँट्न जान्दिँन आखिर मैं अध्यक्षको कुलमा रक्सी चढाउनु पर्छ । प्रस्तुत छ कालिगण्डकी गाउँपलिकाको विविध सवालमा दैनिक लुम्विनी पत्रिकाका गुल्मी सम्वादाता प्रेम सुनारले उनै अध्यक्ष थापा संग गरेको कुराकानी –

यस गाउँपालिकाको मुख्य चुनौती र सम्भावना के के हुन ?

जिल्लाको विकट गाउँपालिका मध्ये कालिगण्डकी गाउँपालिका सबै भन्दा बिकट मानिन्छ । करिव ४१ सय घरधुरी रहेको यस गाउँपालिकामा झण्डै २२ हजार जनसंख्या रहेको छ । त्यस मध्ये करिव ६० प्रतिशत जनजाती समुदायको बाहुल्य रहेको छ ।

छन्त्याल समुदयका अति सिमान्तकृत समुदाय २० प्रतिशत रहेका छन । जनजाती समुदायको लाहुरे संस्कृति भएको हुनाले बसाई सराई यहाँको मुख्य समस्या हो र त्यसलाई रोक्न खोज्नु मुख्य चुनौती हो । यसलाई रोक्नका लागि पहिलो उच्च शिक्षामा सबैको पहुँच , अस्पतालको सुविधा कसरी पुराउन सकिन्छ भनेर हामी लागि परेका छौं ।

त्यस्तै खानेपानी , विद्युत सुविधा र ब्यवसायी कृषिबाट यहाँका जनताको आर्थिक अवस्थामा सुधार्दै बसाई सराई रोक्न सकिन्छ कि भनेर हामीले यी कुरामा बढि जोड दिएका छौं । यसका बाबजुद पनि बसाई सराई रोक्न सकिएको छैन । गत बर्ष जयखानीको एउटा टोल नै रित्तिने गरि बसाई सराई गरियो । त्यहाँ अहिले १४ घरधुरी रित्तै छन ।
जनताले अनुभुत गर्ने गरि गरिएको पहिलो काम

साविकका ७ वटा गाविस अर्थात अहिलेका ७ वटै वडामा हामीले जिम्मेवारी सम्हाल्ने बेला सम्म बाह्रै महिना यातायात सुचारु हुन सकेको थिएन । हामीले पहिलो काम बाह्रै महिना सबै वडामा गाडी चल्ने गरि मोटर बाटाहरुको स्तरोन्नोती ग¥यौं । अहिले सबै वडाका भित्रि सडकमा समेत बाह्रै महिना गाडी चल्ने बनाएका छौं । जयखानीको सडकमा अझै पनि केहि समस्याहरु छन् । त्यसलाई पनि स्तरोन्नोती गरिदैछ । पुर्तिघाट फोक्सीङ्घ हुँदै शान्तिपुर र खडगकोट हुँदै शान्तिपुर जोड्ने सडक पनि पिच हुने क्रममा छ ।

कालिगण्डकी कोरिडोर अन्तर्गत हर्मिचौरको जिरो माईल देखि पुर्तिघाट करिव १ किलो मिटर र पुर्तिघाट देखि शान्तिपुरको ३० किलो मिटर मध्ये १३ किलो मिटर सडक यसै बर्ष भित्रमा पिच सम्पन्न हुने छ । अब हामी नयाँ सडक सञ्जाल बढाउनु भन्दा पनि खोलिएका सडकको स्तरोन्नोत गर्ने कार्यलाई बढि प्राथामिता दिएर काम गरिरहेका छौं ।

शिक्षा , स्वास्थ्यको क्षेत्रमा के के कार्य गरियो ?

हामीले माथी नै भनि सक्यौ कि उच्च शिक्षा अध्यानका लागि यहाँ कुनै क्याम्पस नहुँदा बसाई सराईको समस्या बढेको हो । यसर्थ हामीले पुर्तिघाटमा क्याम्पस सञ्चालनक लागि पहल गरिरहेका छौं । तर अहिले सम्म अनुमति पाउन सकेका छैनौं । माध्यामिक तह सम्मको शिक्षा आर्जनका लागि पनि यहाँ विद्यार्थीले ठुलो समस्या खेप्दै आएका थिए ।

त्यसलाई मध्य नजर गर्दै हामीले विद्यालय मर्ज र दरवन्दी मिलान गरेका छौं । सिरेनी प्रावि र जयखानीको अम्विका प्रविलाई पुर्तिघाटको जिवन उद्धार मावि संग मर्ज गरेका छौं । मर्ज गरि जिवन उद्धार माविमा निशुल्क आवास समेत सुविधा उपलब्ध गराई दिए पछि हिजो ५ घण्टा सम्मको उकाली ओराले गरेर पढ्न बाध्य ५० जना विद्यार्थीहरु अहिले होस्टेल मै बसेर पढ्ने सुविधा पाएका छन ।

१० वटा मावि रहेका छन कालिगण्डकी गाउँपालिका भित्र । जसमा चार वटाका दरले दरबन्दी गाउँपालिकाले दिएको छ । ७ वटा निमाविलाई दुई वटाका दरले दरवन्दी दिएको छ । कुल ३० वटा दरवन्दी शिक्षकहरुलाई गाउँपालिकाले फुल तलव दिएर राखेको छ । ६ वटा माविमा कक्षँ १२ सम्मको पढाई हुन्छ । ४ वटामा कक्षा १० सम्मको पढाई हुन्छ ।

कक्षा १२ सम्म पढ्नका लागि बढिमा डेढ दुई घण्टा हिड्नु पर्छ । यस अवधीमा हामीले एउटा निजी सहित ४३ वटा विद्यालय मर्ज गरे पछि विद्यार्थीहरुलाई निकै सजिलो भएको छ । संस्कृति बिषय शिक्षा लोपन्मुख अवस्थामा पुगृे पछि अवेनीमा कक्षा २ सम्म संस्कृति शिक्षाको पढाई सञ्चालन गरेका छौं ।
झण्डै सय घर धुरी रहेको धुँवाखोलाको गुरुङ्घ वस्तीमा हामीले गुरुङ्घ भाषाका शिक्षक राखेर गुरुङ्घ भाषामा पढाई सञ्चालन गरेका छौं । अबेनी र हर्मिचौरका विद्यार्थीहरुले पढ्ने देउराली माविमा हामीले नमुना ब्यवहारिक पढाई सञ्चालन गरेका छौं । त्यस विद्यालय कक्षा ६ का विद्यार्थीहरुले प्रति बिद्यार्थी दुई रोपनीका दरले तरकारी उत्पादन गर्ने कुरालाई अनिवार्य बनाएका छौं । जसबाट विद्यालयबाटै कृषि उत्पादनमा ज्ञान हाँसिल गरुँन र ब्यबसायीक कृषि गर्दै पढ्न सकुन भन्ने हाम्रो उद्देश्य हो । अन्यत्र पनि ब्यबारिक र प्राविधिक शिक्षामा हामीले जोड दिदै जाने छौं । स्वास्थ्य क्षेत्रमा केहि सुधारका प्रयासहरु भए पनि उल्लेख्य काम हुन सकेको छैन । यहाँ एउटा पनि अस्पताल नहुँदा समस्या छ । नोहोम डेलिभरी भनिए पनि जम्मा तीन वटा मात्रै वर्थिङ्घ सेन्टर रहेका छन् ।

गरिवी निवारणका लागि के के कार्यक्रमहरु गरिदै आए ?

गरिवी निवारणका लागि यहाँको परम्परागत कृषि र पशुपालनलाई आधुनिकीकरण र ब्यबसायीकरण गर्नु नै देख्यौं हामीले । यो गाउँपालिका अधिकांस लेक भेगमा पर्दछ । यसर्थ पनि यहाँको उत्पादन कोदो मकै , सिल्थुङ्घ ९ झिलिङ्घे ० दाल , त्यस्तै यहाँ कालो सिमी, करवेट सिमी , हिउँदे सिमी सहित प्रशस्त गेडा दाल फल्ने गर्दछ ।
त्यसको बजारी करण गाउँपालिकाले नै गर्न सुरु गरेपछि किशानहरुको त्यो उत्पादनले ग्यारेन्टी पाउँदा कृषकहरु उत्साहित बनेका छन । गत बर्ष मात्रै दुई ट्रक सिल्थुङ्घ दाल हामील बाहिर पठाऔं । अन्य कतै अर्डर लिईन्छ भने हामीले जति पनि पुरा गर्न सक्ने भएका छौं ।

गाउँपालिका मै प्रशस्त भण्डारण गरिएको छ । त्यस्तै हामी बङ्घुर , कुखराको मासुमा आत्मानिर्भर भई सकेका छौं । बंगुरका बच्चाहरु यहाँका कृषकहरुले काठमाण्डौ सम्म बेचेर आम्दानी लिन थालेका छन । खडगकोटको तोलाकोटमा एउटै किशानले बंगुरका ६५ वटा माउ पालेका छन् ।

यो क्रम बढ्दो छ । अन्यत्र गरिवहरुको खरका झुपडी मुक्त गरेर टिनको छाना लगाई दिने अभियान चलेको छ । तर हामी कृषि उत्पादनबाटै कृषकहरु स्वयमले टिनको छाना आफै लगाउन सक्ने बनाउने लक्ष्य लिएका छौं ।

शुद्ध पिउने पानीको ब्यवस्था कसरी मिलाईदै छ ?

हामीले जिम्मेवारी सम्हल्दा अर्को ठुलो चुनौती थियो खानेपानी समस्या । हर्मिचौरको वकेवा गाउँका १९ घरधुरी वासीन्दाले कुलाको पानी पिउँथे । अहिले घर घरमा शुद्ध पानीको धारा सुविधा उपलब्ध गराएका छौं । खानेपानीका ४ ठुला योजनाहरु सम्पन्न गरि सकेका छौं ।

३ वटा योजनाहरु सम्पन्न हुने चरणमा छन । ७ वटा सञ्चालन हुने तयारीमा छन । ब्रिटिश वेलफेयरले यहाँको ७ सय घरधुरीमा खानेपानी सुविधा उपलब्ध गराएकोमा सबै भन्दा बढि सन्तोष लागेको छ । हर्मिचौरको देउराली र अर्वेनीको भयकोटमा एक गाग्रो पानी लिन घण्टौं कुर्न पर्दथ्यो । अहिले पनि ४ करोड ३० लाखको खानेपानी योजनाहरु सञ्चालनमा छन । आफ्नो कार्यकाल भित्र यहाँका जनताको घर घरमा खानेपानीको धारा पुराउने लक्ष्य लिएर सबै जनप्रतिनिधी र कर्मचारीहरुले काम गरिरहेका छौं ।

पर्यटन विकासको सम्भावना के हुन र प्रयास के गरिएको छ ?

कृष्ण कालिगण्डकीको तट र सत्यवतीको शिर त्यसै पनि यो स्थान सदियौं देखिको धार्मिक पर्यटकहरुको आकर्षक गन्तब्य हो । अस्लेवा ठुलोलुम्पेक हुँदै पवित्र तपोभुमी सत्यवती हुँदै मुक्तीनाथ सम्मको धार्मिक् पदयात्रा गर्ने घोरेटो, गोरेटोबाटोहरु अझै देख्न सकिन्छ ।

कार्तिक एकादशीको दिन सत्यवती लेकको तपोभुमिमा सतविउ छर्ने मेलामा हजारौंको भिड लाग्छ । पुर्तिघाटमा पनि एकादशीको भव्य मेला लाग्छ । जहाँ नेवार , मगर समुदायको सांस्कृतिक झाँकी सहित भजन किर्तन गरिन्छ ।

भुर्तुङ्घमा एउटा यस्तो कुण्डा पोखरी जहाँ जहाँ जति पानी मानिसले निकाले पनि कहिल्लै कमी हुँदैन । त्यसको पनि हामी संरक्षण र प्रचार गर्दैछौं । कालिलेक शिद्धबाबामा भुरेटाकुरे राजाहरु बसेको अबशेष अहिले पनि रहेको छ । बुटवल देखि यस थलोमा १ सय १० किलो मिटर दुरी पार गरि आईन्छ ।

बुटवलबाट हिडेका धार्मिक पर्यटकहरु रिडी देखि मुक्ति नाथ सम्म ७३ किलो मिटर दुरी पार गरेर पुग्ने छन । सदरमुकाम तम्घास देखि ८५ किलो मिटर दुरीमा पर्दछ । कालिगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट आउन ८ किलो मिटर अघि सम्म बिश्व कै सबै भन्दा बिशाल शालिग्राम प्रकट भएको स्थान सेतीवेनी रहेको छ ।

त्यस देखि तल बिशाल मिर्मी ड्याम रहेको छ । त्यहाँ देखि स्टिम्वरमा सयल गर्दै सेतीवेनी आईन्छ र त्यहाँ देखि कालिगण्डकीको तट अर्थात जयकनौटा राजा दक्षप्रजापतिले होम लगाएको स्थानमा आईन्छ । राजा दक्ष प्रजापतिले छोरी र ज्वाईलाई नबोलाई होम लगाएका र त्यसबाट असन्तुष्ट भई छोरीले त्यसै होममा हाम्फालेर सति देवि बनेको र ज्वाई महादेव उनै रानीको शव होमबाट उठाएर लैजाने गरेकोमा ती मृत रानीको गाला खसेकोले त्यस स्थानलाई गलेश्वर भनिएको , गुहेश्वरमा तल्लो पेट खसेकोले त्यस स्थानलाई गुहेश्वर भनिएको किमदन्ती रहेको छ ।

पुर्तिघाटमा राजा दक्ष प्रजापतिको गुफा अहिले पनि छ । जसलाई गुप्तेश्व भनिन्छ । गुम्दीखोला किनारमा गाईको दुधको थुन जस्ता देखिने गुफा छ । जहाँ शिवरात्रीमा तीन दिन सम्म मेला लाग्ने गरेको छ । हिले शिद्ध लेकमा वाल तपश्वी रहेका छन । जहाँ वाल चर्तुदशी मेलामा अपार भिड हुन्छ । साविक लुम्विनी अञ्चाल कै सबै भन्दा अग्लो पाहड थाप्ले लेक यस गाउँपालिका र सत्यवतीको शिरमा रहेको छ ।

वाल तपश्वी बसेको ठाउँमा अग्नी कुण्डा बनाउने , अर्को धार्मिक थलो कनौडामा १०८ धार बनाउँदै र कालिगण्डकी नदि किनारलाई बिश्व कै बिशाल स्नान गर्ने थलो बनाउने लक्ष्य लिएका छौं । फवारीमा लक्ष्मी नारायणको मन्दिर निर्माण कार्य भई रहेको छ । लोप हुन लागेको सारेठी नाचका नचेरीहरुलाई तालिम दिई जनजाति संस्कृति संरक्षण गरिदै छ ।

साविक भुर्तङ्घ गाविस , हालको वडा नम्वर ७ स्थित धुँवाखोलाको गुरुङ्घ वस्तीबाट होमस्टे सञ्चालन गर्न सुरु गरिएको छ । गत एक बर्ष यता त्यहाँ बाग्लङ्घु, स्याङ्घजा , पर्वत र बुटवल सम्मका मानिसहरु आएर गुरुङ्घ परिकार र संस्कृति संग रमानउ थालेका छन । कालिगण्डकी कोरिडोर सम्पन्न हुन साथ उत्तर चाईना सम्मका झण्डै ९० प्रतिशत बौद्य धर्मलम्वी र यता दक्षिणबाट भारत सहित विभन्न मुलकबाट उत्तर चिन तर्फ झण्डै ७० प्रतिशत हिन्दुधर्म लम्वीहरु ओहर दोहर गर्ने छन ।

निशन्देहः कालिगण्डकी कोरिडोर नै यहाँका जनताको आर्थिक समृद्धिको ठुलो आधार बन्ने छ । जयखानीको लम्साराङ्घको मगर वस्तीलाई पनि हामी होमस्टे बनाउने तयारीमा छौं । जुन थलो सुन्तलाको गाउँ भनेर चिनिन्छ । गत बर्ष त्यहाँबाट मात्रै हामीले २० लाख रुपैयाँको सुन्तला बाहिर पठाउन सफल भयौं ।

सामाजिक न्याय र सुधारको पाटो कस्तो छ ?

भौतिक विकास मात्र विकास रहेन छ मानव विकास विना । मानविय विकासका लागि विभिन्न जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं । बाल विवाहको समस्या यहाँ विकराल बन्दै गएको छ । १२, १४ बर्ष कै उमेरमा किशोरीहरु आफै विवाह गरेर भाग्छन् ।

बहुबिबाह पनि पुर्ण रुपमा निरुसाहित गर्न सकिएको छैन । र पनि विगतको तुलनामा केहि न केहि न्युनिकरण गरिएको छ । झै झगडा कुटपिटका घटना पनि कम मात्रमा प्रहरी प्रशासन र अदलात जाने गरेका छन् । शान्ति सुरक्षामा पनि सुधार आएको छ । अर्को एउटा चुनौती र विडम्वनाको कुरा युवाहरुमा काम गरेर खाने जाँगर हराउँदो छ । सिंचाईको राम्रै सुविधा हुँदा पनि जमिनहरु बाँझीदै छ । घरेलु मदिरा नियन्त्रण गर्ने प्रयास गरे पनि मगर धर्म संस्कृति आफ्नै प्रकारको छ । अरुको कुरै छाड्नुहोस् मै अध्यक्ष कै कुलमा रक्सी चढाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता