कुखुरा पाल्न चाहने छापहिलेका २५ जनाले पाए प्रतिव्यक्ति ५० वटा लोकल जातका चल्ला



असार ११ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाको वडा नम्बर -५ छापहिलेले बेरोजगार तथा कुखुरा पाल्न चाहने वडावासीलाई नि :शुल्क चल्ला सहित दाना र औषधि वितरण गरेको छ ।
वडा विकास योजना अन्तर्गत बेरोजगार युवाहरुलाई छनोट गरी प्रतिव्यक्ति ५० वटा स्थानीय जातका चल्ला ,एक बोरा दाना र आवश्यक औषधि वितरण गरिएको वडा अध्यक्ष श्यामलाल गिरीले जानकारी दिए । यस कार्यक्रम बाट छापहिलेका २५ जना बेरोजगार युवा तथा कुखुरा पाल्न चाहने किसानलाई समेटीएको वडाले जनाएको छ ।
विशेष गरी कोभिड १९ तथा अन्य विविध कारणले रोजगार गुमाएका युवाहरूलाई प्राथमिकता दिएर चल्ला वितरण गरिएको वडा अध्यक्ष गिरीले उल्लेख गरे ।
२५ जना युवाहरुलाई चल्ला ,औषधि र दाना गरी २० हजार बराबरको सहुलियत प्रदान गरिएको बताईएको छ । ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता