कांग्रेस सभापतिमा थापाको उमेदवारी घोषणा,व्यक्ति केन्द्रित राजनीति र छापामार शैलीका क्षेत्रिय अधिवेशनको बिरोध



गुल्मी-१० मंसिर । 

नेपाली कांग्रेसका नेता बेद बहादुर थापा मगरले सभापति उमेदवारको औपचारिक घोषणा गरेका छन् । उनले शुक्रबार कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उमेद्वारीको घोषणा गरेका हुन् । थापाले आत्मकेन्द्रित र व्यक्ति केन्द्रित राजनीतिले पार्टी बलियो नहुने भएकाले आफुले कार्यकर्ताको न्यायको लागि उमेदवारीको घोषणा गरेको छ ।

‘कोटको खल्तीबाट पार्टी र पद्धति चल्दैन । व्यक्ति बिशेषको कव्जामा पार्टी गए दुर्घटना हुन्छ,’उनले भने,‘पार्टीका थुप्रै व्यक्तिको भावनामा चोट पुराएर संगठनलाई क्षति र व्यक्तिलाई हावी हुन दिदैनौ ।’ उनले गुट र झुण्ड बनाएर वडादेखि क्षेत्रिय अधिवेशनसम्म थुप्रै व्यक्तिलाई बोल्न नसक्ने गरेर कब्जा गर्ने र व्यक्तिलाई केन्द्रमा राखेर निर्वाचन गराउँदै कैयौ पार्टीका कर्मठ व्यक्तिलाई पाखा लगाइएको आरोप लगाए ।
छापामार शैलीमा क्षेत्रिय अधिवेशन
नेपाली कांग्रेसका पुर्व सभापति चन्द्र केसीले काग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा छापामार शैलीमा क्षेत्रिय अधिवेशनहरुको भएको बताए । ‘कहिल्यै निर्वाचन रातिमा हुँदैनन् । फस्टाएको व्यक्ति केन्द्रित राजनीतिले कांगेस गुल्मीमा निकै बिडम्बना देखियो,’उनले भने,‘प्रतिस्प्रर्धा स्वच्छ र दिउँसोमा हुन्छ । उनले क्षणिक स्वार्थका लागि पार्टी संरचना ध्वस्त पार्न कसैले नपाइएने बताउँदै सर्वसम्मत नभए प्रतिनिधीहरुलाई विवेकपूर्ण रुपमा मताधिकार प्रयोग गर्न आग्रह गरे । कांग्रेस नेता पुर्व मानीय झग बहादुुर पुन र पुर्व कार्यबहाक सभापति रवि ज्ञवालीले ०४८ पहिलेको कांग्रेस स्थापित गर्न पार्टी व्यक्ति र आत्मकेन्द्रित हुन नहुनेमा जोड दिदै अग्रजहरु बेद मगरको साथमा रहेको बताए । घोषणा कार्यक्रममा थापालाई सर्मथन गर्न माननीय सुर्वण ज्वारचन, महाधिवेशन प्रतिनिधी छन्त पहराई, बिष्णु बलाल, हिरासिंह सराङकोटी, श्रीप्रसाद भलामी, पुर्व कार्यबहाक सभापति शालिकराम पन्थी, क्षेत्रिय नेता सन्तोष गौतम, राजेन्द्र श्रेष्ट, भरत भलामी, सुर्दशन खनाल लगायत उपस्थित रहेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता