एमाले अमरपुर वडा कमिटीको अध्यक्षमा सुजन गौतम चयन !



७ कार्तिक, गुल्मी । नेकपा एमाले इस्मा गाउँपालिका, ६ अमरपुर वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले सुजन गौतमको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा कमानसिंह सुनार,सचिवमा हमेन्द्र अर्याल , सहसचिवमा विष्णा पाण्डे र यम बहादुर कुँवर रहेका छन् ।

लामो समयसम्म राजनीतिसँगै सामाजिक सेवामा सक्रिय रहेका ४० वर्षीय युवा गौतमलाई सर्वसम्मतले अध्यक्षमा चयन गरिएको नेकपा एमाले बताएको छ । विभिन्न सामाजिक संघ सस्थामा कुशलताका साथ नेतृत्व गरेका गौतम निर्माण व्यवसायी समेत हुन् ।

उनले अमरपुरका गरिब दीनदुखिहरुलाई विभिन्न माध्यमबाट सहयोगको अभियान चलाउँदै राहत र उद्दार समेत गर्दै आएका छन् ।

उनले नेकपा एमालेमा देखिएको विवादको असर आफ्नो वडामा नपरेको बताउँदै आफुले सहि ढंगले पार्टी हाक्ने बताएका छन । उनले भने “हाम्रो वडमा कुनै समस्या छैन , कार्यकर्ता र सबै नेताको सहमतिमा मलाई अध्यक्षमा चयन गरिएको हो । म मेरो जिम्मेवारी सहि ढंगले पुरा गर्नेछु ।’

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता