एकै साथ, भव्यताका साथ: सुरु भयो मालिका र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता



फागुन १ गुल्मी ।
आज देखि एकै साथ मालिका रनिङ सिल्ड र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
`स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद´ भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिताको एक समारोहका बिच उद्धघाटन गरिएको छ ।
वडा नम्वर चार अर्खबाङमा आयोजित प्रतियोगिताको आज जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण बहादुर खत्रीले पानसमा बत्ति बालेर उद्धघाटन गरेका हुन् ।

उद्धघाटन गर्दै प्रमुख खत्रीले राष्टपति रनिङ शिल्ड प्रतियोगिताको आफ्नो छुट्टै कार्यविधि रहे पनि मालिका गाउँपालिकाले आयोजना गरेको मालिका रनिङ शिल्डले स्थानिय तहबिचको सम्बन्धलाई बजबुत बनाउने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै छिमेकी जिल्ला बडीगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले मालिका रनिङ शिल्डले अन्तरपालिकाको सम्बन्धलाई थप बलियो बनाउने उल्लेख गरिन ।
त्यस्तै धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले प्रतियोगिता र जनयुद्ध दिवसको शुभकामना दिदैं, जनयुद्ध र जनताको बलमा आएको संघियताले गाउँ – टोल,टोलमा चेतना संगै विकासको लहर ल्याएको बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकरी सागर मणी पाठकले शुभकामना मन्तव्य राख्दै मालिका गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताले खेलकुद विकासको संगै विद्यार्थीलाई अनुशासीत र लगनशिल बनाउन मद्धत पुराउने धारण राखेका थिए ।
मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले मालिका गाउँपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगिता ६ वटै स्थानिय तहको साझा कार्यक्रम रहेको बताईन ।
गाउँपारिलकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले स्वागत मन्तव्य राख्दै कार्यक्रम सहभागि हुने सम्पुर्ण अतिथि तथा विद्यार्थी खेलाडीलाई धन्यबाद दिए ।
त्यस्तै औपचारिक कार्यक्रमलाई समापन गर्दै पालिकाका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष उपेन्द्र अर्यालले छिमेकी स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई बोलाएर केही सिक्न र केहि सिकाउन खोजेको बताए ।
प्रतियोगिता र प्रतियोगितामा सहभागीताले स्थानीय तहको एकताको सन्देश दिएको उनको तर्क थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक बुद्धि प्रकाश जिसीले गरेका थिए ।

कार्यक्रमा जिल्ला समन्वय समितिका उप प्रमुख तेजेन्द्र सलामी,मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र कुवँर,इस्मा गाउँपालिकाका अध्यक्ष भगवत खड्का,उपाध्यक्ष पार्वती कुवंर,धुर्कोट गाउँपालिकाका उपाध्यक्ष सीता गिरी,गुल्मी जिल्लाका प्रहरी प्रमुख नविन किशोर प्रधान ,निमित्त अनुसन्धान प्रमुख खिमा पोखरेल लगायतको उपस्थित रहको थियो । प्रतियोगितामा विभिन्न प्रकारका खेलकुदको आयोजना गरिएको छ । प्रतियोगिता फागुन ३ गते सम्म चल्नेछ  ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता