एकीकृत समाजवादी गुल्मीले सोमवार (भोली) पूर्णता पाउदै



असोज- ३१ गुल्मी।

नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी जिल्ला कमिटी गुल्मीले सोमवार पुर्णता पाउने भएको छ । पाटीले भोली सोमवार सदरमुकाम तम्घासमा जिल्ला भेला आयोजना गरेको छ । सोमवार आयोजना गरिएको जिल्ला भेलाले जिल्ला कमिटीलाई पूर्णता दिने अध्यक्ष श्रीराम महतले जानकारी दिए।

जिल्ला अध्यक्ष महतका अनुसार पाटीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत विश्वासी,अर्का सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाक्रि,पाटीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरी, सचिव तथा युवा नेता राजु गुरुङ , लुम्बिनी प्रदेश कानुन, महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती लगायतका नेताहरुले प्रथम जिल्ला भेलालाई सम्बोधन गर्ने बताए ।

एभरग्रिन पाटी प्यालेसमा हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाईएको छ । भेलामा जिल्लाभरवाट करिव एक हजार नेता कार्यकर्ताको सहभागी उक्त पार्टीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता