इस्मा गाउँपालिकाको छल्दीटारी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेवा सुरु



मङ्सिर- ७ गुल्मी ।

इस्मा गाउँपालिकाको वडा नम्बर दुईमा रहेको छल्दीटारी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेवा सुरु भएको छ । बर्थिङ्ग सेवा सेन्टरको मंगलबार गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
गर्भवती महिलाहरुलाई सहज र सरल स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याईएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले बताए । साथै अध्यक्ष विष्टले यस बर्थिङ्ग सेन्टर बाट लाभ लिन सबै गर्भवती महिलालाई आग्रह समेत गरेका छन ।

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले सिङो गाउँपालिकालाई नै जिरो होम डेलिभरी घोषणा गर्ने कार्यक्रम रहेको जानकारी गराउदै सबै गर्भवती महिलाई स्वास्थ्य संस्थामै गएर सुत्केरी हुन आग्रह गरेकी छन । सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भए मात्रै आमा र बच्चाको स्वास्थ्य सुरक्षीत हुने उनको तर्क थियो ।

त्यस्तै गाउँपालिकाले बर्थिङ्ग सेन्टर सञ्चालनको लागी एक जना अनमि समेत नियुक्ती गरेको जानकारी दिएको छ ।
त्यस स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर नहुदा त्यस क्षेत्रका गर्भवती महिलाहरु हस्तिचौर र सदरमुकाम तम्घास जान बाध्य थिए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता