आमा समुह द्धारा दुर्घटनमा घाईते भएका विक लाई आर्थीक सहयोग



डिबि खड्का फागुन ३ ।
गुल्मीको रेसुंगामा रहेको एक महिला समुहले निकै उत्कृष्ट तथा उदाहरणीय कार्य गरेको छ ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर आठ स्थीत मुल समिति आमा समुहले एक पीडीत व्याक्ती लाई आर्थीक सहयोग गरेको हो ।

गत साउन २४ गते जिप दुर्घटनामा परी गम्भीर घाईते भएका ३७ वर्षीय दिपक विक लाई सत्र हजार पाँच सय ३५ रुपैयाँ सहयोग गरको मुल समिति आमा समुहकी सचिव कमला भलामीले बताईन ।
अहिले सम्म उपचारको लागी दश लाख खर्च भैइसकेको र परिवारको आर्थीक अवस्था कम्जोर हुदाँ केही राहत होस भनेर सहयोग प्रदान गरेको आमा समुहको भनाई रहेको छ ।

यता पीडित परिवारले आमा समुह प्रती आभार प्रकट गदै धन्यवाद व्यक्त गरेका छन् । भने सबै माझ सहयोगको अपील समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता