अविरल बर्षा सँगै पहिरो झर्न थालेपछि रातभर निदाएनन् पुर्तिघाट बजारवासी



असार २४ -हरी कुमार केसी ।

गुल्मी :बुधबार बेलुकी देखि परेको अविरल बर्षा सँगैको पहिरोले कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट बजारका ४ घर उच्च जोखिममा परेका छन् ।
असारको पहिलो हप्ता परेको पानीले पुर्तिघाट बजारको माथिल्लो भूभागबाट पहिरो झरेको थियो । सो पहिरोका कारण २ घर परिवार विस्थापित भए , भने अन्य ३ घर परिवार उच्च जोखिममा परेका छन् । सोही दिन कालीगण्डकी नदीमा आएको बाढीले बजारमा रहेको कालीगण्डकी पाउरोटी उद्योगमा पनि क्षति पुगेको थियो ।
सोही दिन देखि पानी पर्दाको रात गतिलो तरिकाले निदाउन नपाएका पुर्तिघाट बजारवासी गए राती १२ बजे देखि जाग्राम बसेर रात कटाए ।
भिषण वर्षाले असारको पहिलो हप्ता झरेको पहिरो फेरि झर्न थालेको छ । जसले गर्दा कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाट का सुर्य बहादुर श्रेष्ठ,कमल राना,सुजन श्रेष्ठ र जीत बहादुर नेपाली को घर उच्च जोखिममा रहेको वडा सदस्य टुक बहादुर नेपालीले जानकारी दिए ।
पहिरो सँगैको लेदो पस्दा सँगै रहेको राज मोटरसाइकल वर्कशप,दाजुभाइ मिट मार्ट,साइमन एण्ड समीप इलोक्ट्रोनिक्समा पनि क्षति पुर्याएको छ ।
क्षति पुगेका पसल र जोखिममा रहेका पशलका सामानहरू सुरक्षित स्थानमा सारिएको छ भने जोखिममा रहेका परिवार सुरक्षित स्थानमा सरेको वडा सदस्य सार्कीले जानकारी दिए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता