अफगानिस्तानमा रहेका मालिका बासीको विवरण दिन गाउँपालिकाको आग्रह !



भदौ -८ गुल्मी ।

मालिका गाउँपालिकाले अफगानिस्तानमा रहेका गाउँबासीको विवरण दिन आग्रह गरेको छ ।
गाउँपालिकाले मंगलबार सुचना जारी गदै रोजगारीको शिलशिलामा अफगानिस्तानमा रहेका गाँउबासीको सुचना संगै उनिहरुको विवरण दिन आग्रह गरेको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त राज भुसालले हस्ताक्षर गरेको सुचनामा ,अफगानिस्तानमा रहेका मालिका बासीको नाम नागरिकता नम्वर र राहदानी नम्वर उपलब्ध गराउन आग्रह गरिएको छ । सुचना तथा विवरण जुनसुकै माध्यम बाट दिन सकिने गाउँपालिकाले जनाएको छ ।

नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय गुल्मी बाट विवरण माग भएकाले सुचना जारी गदै विवरण तथा सुचना दिन अनुरोध गरेको सुचना अधिकृत जगत पौडेलले बताए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता