अखिल (क्रान्तिकारी) बुटबल क्याम्पसको अध्यक्षमा गुल्मीका खवास निर्वाचित



जेठ १४ गुल्मी ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बुटबल बहुमुखी क्याम्पसको अध्यक्षमा गुल्मीका शिव खवास निर्वाचित भएका छन् । सोमबार क्याम्पसमा सम्पन्न अखिल (क्रान्तिकारी) बुटबल बहुमुखी क्याम्पसको सातौ इकाई सम्मेलनले खवासको अध्यक्षतामा ४५ सदस्यिय अखिल (क्रान्तिकारी) बुटबल बहुमुखी क्याम्पसको गठन गरेको हो । समितिको उपाध्यक्षमा दिनेश महतरा, हिम बुढा, सपना फुल्देल र सुदिप भुसाल, सचिवमा किरण महतरा, सह–सचिवमा गोविन्द भुसाल र माधव बेल्वासे एवं कोषाध्यक्षमा सिजन नेपाली निर्वाचित भएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थलमा घर भएका खवास गत चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सोही क्याम्पसमा सभापतिको समेत उम्मेदवार बनेका थिए । कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष नारायण खनाल, लुम्बिनी प्रदेश मुख्य सचिव राजेन्द्र विष्ट लगायतका विद्यार्थी नेताहरुले वर्तमान नेपालको समसामयिक राजनीतिक, पार्टी तथा संगठनको आगामी कार्ययोजना लगायतको बिषयमा प्रशिक्षण दिएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता