७२ किलोमीटर लामो मालिका रिङ रोडको उद्घाटन !



चैत -४ गुल्मी ।
मालिका गाउँपालिकाको केन्द्र र सबै वडालाई जोड्ने गरी निर्माण गरिएको मालिका रिङ रोडको उद्घाटन गरिएको छ ।
रिङ रोडको शुक्रबार नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका सांसद कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन । उद्घाटन गर्दै नेता श्रेष्ठले सडक भनेको विकासको मेरुदण्ड रहेको बताए । रिङ रोड निर्माण कार्य अत्यन्तै उत्कृष्ट कार्य भएको भन्दै मालिका गाउँपालिकाको प्रशंसा गरे  ।
रिङ रोडले मालिका वासीलाई सहज हुनुका साथै आर्थिक समृद्धिमा समेत महत्त्वपूर्ण टेवा पुराउने सांसद श्रेष्ठले उल्लेख गरे ।

सबै वडावासी र गाउँपालिका बिच यातायातको पहुँच पुराउन गाउँपालिकाले सुरुकै वर्ष २०७४ साल देखी मालिका रिङ रोड निर्माण कार्यको सुरु गरेको गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले बताए । साथै ग्रामीण क्षेत्र भएकाले सडकको स्तर उन्नतिको लागी गाउँपालिकाले थप काम गर्नु पर्ने अध्यक्ष थापाले उल्लेख गरे ।
भौगोलिक रुपमा विकट मालिका गाउँपालिकालाई सडक सञ्जालमा जोड्न ७२ दशमलव २ किलोमिटर मालिका रिङ रोड अर्थात अर्खबाङ, तिरतिरे ,सिमलटारी,अर्जै बोम,नेटा, लिलिङ, भिमगिठे,पाटाखर्क ,दर्लिङ ,गङगरे ,अर्खाबाङ सडक विस्तार गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।
मालिका गाउँपालिकाको पहिलो आवस्यकता सडक भएको र आफुहरु निर्वाचित हुन साथ गरिएको  निर्णय आज पुरा भएको गाउँपालिकाका उपाध्यक्ष देवा अर्यालले बताईन ।
मालिका रिङ रोड बने सङै अब मालिका वासीले सहज रुपमा एक देखी अर्को वडामा यात्रा गर्न पाउने छन । भने गाउँपालिकाको केन्द्र सम्म सबै नागरिकको सडक पहुँच पुगेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता