१६ वर्षको उमेरदेखि निरन्तर काङ्ग्रेसमा क्रियाशील कुँवरको जिल्ला सह-सचिवमा उमेदवारी



मंसिर- ९ गुल्मी ।

प्रेस युनियन गुल्मीका सभापति रेशम कुँवरले नेपाली कांग्रेस गुल्मी जिल्ला कार्यसमितिको सह–सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत मंसिर १० गतेदेखि जिल्ला अधिबेशन सुरु हुदैछ । ०४७ भदौमा नेपाली कांग्रेसको साधारण सदस्यता र मंसिरमा कृयाशिल सदस्यता प्राप्तिपछि नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका कुँवर २०५३-०५९ सम्म नेपाल विद्यार्थी सघ रेसुङ्गा क्याम्पस इकाईको सदस्यमा रहेर काम गरेका थिए ।
२०५३ सालमा प्रजातन्त्रवादी पत्रकारको साझा सस्था नेपाल प्रेस युनियन गुल्मीमा स्थापनापछि सस्थापक जिल्ला सह(सचिव,२ कार्यकाल सचिव,अहिले सहित २ कार्यकाल अध्यक्षको,२०६५ देखि २०७० सम्म श्रमजीवीहरुको साझा सस्था नेपाल ट्रेड युनियन कांग्रेसको सचिवको जिम्मेवारी पुरा गरिसकेका छन ।
१२औ अधिवेशनबाट गुल्मीको ३ नम्बर क्षेत्रीय कार्यसमिति सदस्य र सूचना तथा संचार विभागको सयोजक र १३ औं महाधिवेशनबाट नेपाली कांग्रेस इस्मा (६ अम्मरपुर गाउँ कार्यसमितिको सभापति समेत बनेका कुँवर लामो समयदेखि निरन्तर नेपाली कांग्रेसमा क्रियाशिल रहेर काम गर्दै आएका छन् । नेपाली कांग्रेस गुल्मीलाई सबल, सक्षम र संगठित निर्माणका लागि आफनो उम्मेदवारी जिल्ला सह–सचिवमा रहेको कुँवरले बताए ।
संगठनको सुदृढीकरण र सबलीकरण गर्न, संगठनको संस्थागत बिकास,नेपाली कांग्रेस आय ब्ययलाई ब्यवस्थित गर्न सहयोग गर्ने उदेश्यले आफुले उम्मेदवारी दिने निर्णय गरेको कुँवरले बताए । संगठनमा आम युवाहरुको पहुँच अभिबृद्धि गर्न आफनो उम्मेदवारी अपरीहार्य रहेको बताएका छन् ।

कुँवरले समाजिक संजालमा लेख्दै प्रदेश महाधिवेशन प्रतिनिधिमा दिएको उम्मेदवारी सहमतिका लागि फिर्ता लिएको उल्लेख गरेका छन् । उनले सहमति, सहकार्य र समन्वय राजनीतिमा अपरिहार्य थियो र छ त्यही सिद्दान्तलाइ आत्मसात गर्दै राजनीतिका अग्रज ब्याक्तित्वहरुको सल्लाह र आग्रहमा प्रदेश महाधिवेशन प्रतिनिधिमा दिएको उम्मेदवारी फिर्ता लिएको जनाएका थिए ।
तर १४ औ महाधिवेशन महाधिवेशनको शिलशिलामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीको सह–सचिव पदमा उमेदवारी दिने निर्णय गरेको जनाएका छन् । उनले शुभेच्छुक तथा महाधिबेशन प्रतिनिधिहरुलाई सहयोग,सल्लाह र अमुल्य मतको अपेक्षा गरेको उल्लेख गरेका छन् ।
वाणिज्य र मानविकी शास्त्रमा स्नातक गरेका कुँवर गुल्मी टाइम्स साप्ताहिकको सम्पादक,रेडियो रेसुङ्गाका सस्थापक सदस्य,राजधानी दैनिक पत्रीकाका जिल्ला सवाददाता,नेपाल पत्रकार महासघ गुल्मीका सस्थापक सदस्य र शुभेच्छुक सस्था नेपाल ट्रेड युनियन कांग्रेस गुल्मी र नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष समेत हुन् ।

विभिन्न सामाजिक सघ सस्थामा रहि समाजसेवामा समेत कृयाशिल रहि दैवीप्रकोप पीडित उद्दार पदक(०६५,अन्तर्राष्ट्रिय रेयुकाइ जापान,नेपाल रेडक्रस सोसाइटी,नेपाल प्रेस युनियन लागायतका सरकारि तथा सामाजिक सघ सस्थाबाट पुरस्कृत भैसकेका कुँवर संगठन विकास,व्यवस्थापनमा अनुभवी ब्याक्ती हुन् ।

दुई दशकभन्दा लामो पत्रकारिता जीवनका दौरान प्राप्त अनुभवलाई मूलधारको राजनीतिमा समर्पित गर्न आफू जिल्ला सह-सचिवको उम्मेदवार बन्ने कुँवरले बताए ।
‘पत्रकारिताको माध्यमबाट लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र जनताका सवालमा आवाज उठाउँदै आएको हुँ । अब भने सक्रिय राजनीतिबाटै योगदान गर्न चाहेको छु’, उनले भने ।

उम्मेदवार बन्नेर जुन परिणाम आएपनी आफुले समाजलाई सहि परिवर्तन गर्ने असल माध्यम पत्रकारिताको विकासका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता