१२ दिन देखी अबरुद्ध रिडि रुद्रवेणी सडक खण्ड एकतर्फी संचालनमा



असोज २३ गुल्मी ।

असोज ११ गते देखी अबरुद्ध बनेको रिडि रुद्रवेणी सडक खण्ड शुक्रबार साझा देखी एक तर्फी सञ्चालनमा आएको छ ।
कालीगण्डकी करिडोर अन्तर्गत रिडि रुद्रवेणी सडक खण्डको रुरु गाउँपालिका -१ विष्णु पन्ज भन्ने स्थानमा गत असोज ११ गते माथी बाट पहिरो खसे सङै सडक अबरुद्ध बनेको थियो ।

चार दिन सम्म डोजर तथा एक्साभेटरको प्रयोग गरि पहिरो हटाईएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए ।
तिनै तहका सरकार तथा जिल्ला प्रशासन गुल्मीको पहलमा पहिरो खुलाईएको बताईएको छ ।
पहिरो खुले सङै अलपत्र परेका सवारी साधान आफ्नो गन्तव्य तर्फ प्रस्थान गरेका छन ।
सडक दुई तर्फी सञ्चालनमा आउन अझै केहि समय लाग्ने बताईएको छ । पहिरो ग्रस्त क्षेत्रमा जोखिम अझै कायमै रहेकाले सावधानी पुर्वक यात्रा गर्न जिल्ला प्रशासन गुल्मीले अनुरोध गरेको छ ।
जिल्लाको मुख्य सडक मानिने रिडि रुद्रवेणी सडक खण्ड भई जिल्लाका सत्यवती गाउँपालिका,चन्द्रकोट गाउँपालिका , मुसिकोट नगरपालिका हुदै बाग्लुङ बुर्तिबाङ सम्मका नागरिकहरुले यात्रा गर्न गर्दछन भने खाद्यान्न ढुवानी समेत हुन गर्द्छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता