११२ औँ देवकोटा जन्म जयन्ती गुल्मीमा पनि मनाइयो



सूर्य सुनार- गुल्मी-,कार्तिक २७ ।
११२ औँ देवकोटा जन्म जयन्ती गुल्मीमा पनि मनाइएको छ । किरण पुस्तकालयको ५३ औँ वार्षिकत्सवमा किरण पुस्तकलायले देवकोटाको जन्म जयन्ती कार्यक्रम गरेको हो । विगतका वर्षमा जस्तै यस वर्ष तिहार पर्व पछि परेकाले यस वर्ष जयन्ती कार्यक्रम ढिलो भएको छ ।
स्वर्गभूमि नेपाल अनि नेपालको साहित्य रसका हिरा कृतीका सर्जक देवकोटा सबै नेपाली हृदयमा सदैव चम्किला तारा बनेर विद्यमान छन् । आजको दिन नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन हो । आजकै दिन अर्थात् वि.सं। १९६६ लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा जन्म भएको हो ।नेपाली साहित्य अनि वाङ्गमयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । उहाँका अमर कृतिहरूः मुनामदन, कुञ्जनी, शकुन्तलाजस्ता कृतीले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।

तिन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात लक्ष्मीपूजा कै दिन जन्म भएको हो ।
कार्यक्रमका सभाअध्यक्ष तथा किरण पुस्तकालयका संस्थापक एवंम वर्तमान उपाध्यक्ष शशि पन्थीले किरण पुस्तकालयको ५३ औँ वार्षिकत्सव तथा देवकोटाको जन्म जयन्ती कार्यक्रममा बोल्दै उहाँले कोभिडको समयमा पनि कार्यालयबाट हुने कामहरु सुचारु भएको बताए । लक्ष्मीप्रसाद देवकोटाको जन्म दिनको अवसरमा देवकोटाको प्रसंशा गरेर नसकिने बताए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व क्याम्पस प्रमुख चन्द्रकान्त पन्थीले महाकवि देवकोटाको साहित्क क्षेत्रमा उल्लेखनीय योगदान रहेको बताए । साथै किरण पुस्तकालयको बार्षिकत्सवको दिनमा पुस्ताकलायले राम्रो काम गरेको भन्दै प्रशासं गरे ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख ढुण्डिराज पोखरेल, सहायक क्याम्पस प्रमुख रामप्रसाद खनाल, सहायक क्याम्पस प्रमुख गुणानिधि शर्मा तथा साहित्यानुरागी व्यक्तित्वहरुको उपस्थित रहेको थियो । स्वागत मन्तव्य पुस्तकालयका सम्पादक सदस्य गोपाल पन्थीले राख्नुभएको कार्यक्रमको संचालन भुवनप्रसाद अर्यालले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता