हर्दिनेटा स्वास्थ्य चौकीको नयाँ भवनको शिलान्यास



मेघु कंडेल
१५ मंसिर, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका हर्दिनेटा स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ । छत्रकोट गाउँपालिका वडानम्बर–३ मा बन्न लागेको भवनको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास गर्दै पालिका अध्यक्ष पाण्डेले आफुले निर्वाचनको बेला गरेका वाचाहरु क्रमिक रुपमा पुरा गर्दै जाने बताए । उनले यस स्वास्थ्य चौकीको भवन लाई तोकीएको समयमै निर्माण कार्य सकाउन निर्माण कम्पनी लाई निर्देशन समेत दिए ।
करिव १ करोड़ ७० लाख लागत रहेको यस आयोजनाको कार्य अवधि डेढ वर्ष रहेको छ । भवनको निर्माण रेसुंगा दर्शन कन्ट्रक्शनले जिम्मा पाएको छ ।
यस स्वास्थ्य चौकीको लागी आवश्यक जग्गा छत्रकोट –३ का वडाध्यक्ष तेजकान्त अर्यालले आफ्नै बारी निःशुल्क रुपमा प्रदान गरेका हुन् । भवन शिलान्यास कार्यक्रममा कार्यक्रममा उपाध्यक्ष सावित्रा ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत विरवहादुर पुन, वडानम्बर ३ का वडाध्यक्ष तेजकान्त अर्याल , वडानम्बर ६ का वडाध्यक्ष नारायण रेश्मी, कार्यपालिका सदस्य देवकी पन्थ, वडाका जनप्रतिनिधी, पार्टी प्रतिनिधी, स्वास्थ्य चौकीका कर्मचारी लगायत विभिन्न सरोकारवाला निकायहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता