स्ववियुमा निर्वाचित सदस्यलाई वडा कार्यालय द्वारा सम्मान !



चैत १६ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका -८ ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचित भएका सदस्यहरुलाई सम्मान गरेको छ ।
जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पस बाट स्ववियु सदस्य जितेका अनुप सुनार र विष्णु कुमारी खड्कालाई सम्मान गरेको वडा सदस्य सागर गिरीले जानकारी दिए ।

मालिका गाउँपालिका – ८ मर्भुङ्गको प्रतिनिधित्व गर्नुका साथै वडालाई जिल्ला स्तरमा चिनाउन सफल भएको र आगामी दिनमा थप हौसला प्रदान होस भन्ने उदेश्यले सम्मान गरिएको वडा अध्यक्ष सुर्य बहादुर जिसीले बताए ।
साथै आगामी दिनमा थप सफलताको कामना गर्दै सदैब विद्यार्थीको हकहितको लागि आवाज उठाउन अध्यक्ष जिसीले आग्रह गरे ।

यता सम्मानित भएका स्ववियु सदस्यले वडा कार्यालयलाई धन्यवाद प्रकट गरेका छन् । वडाको सम्मानले हौसला मिलेको र अभिभावकको आभास भएको अनुप सुनारले बताए ।
सम्मान कार्यक्रममा कार्यापालिका सदस्य कमल सुनार,वडा सचिव सुशील अर्याल लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता