स्वर्ण बान्किमा सहिद शम्शेर बहादुरको शालिक



प्रेम सुनारगुल्मी जेठ १६ ।

सोमबार  साझ गणतन्त्र दिवसको अबसरमा दिपावली गर्ने क्रममा धपक्कै बोलेको गुल्मीको सदरमुकाम तम्घासमा अबस्थित शहिद शम्शेर बहादुर खत्रीको शालिक परिसर देख्दा बिगतको स्मरण झलझली आयो ।

गत स्थानिय तहको निर्बाचन सम्म सहिद शम्शेर बहादुरको शालिक बिच सडक भएकोले धुलोमैलो हुन्थ्यो । अझ समस्या त के थियो भने माथी शालिकमा चढेर माल्याणपण गर्दा तल एक जनाले धकेल्ने , अरु एकदुई जनाले आड दिनु पर्दथ्यो ।

कतिपय बेला यहाँका ठुला नेताहरु प्रदिप कुमार ज्ञवाली , गोकर्ण बिष्ट , चन्द्र भण्डारी , सुदर्शन बराल लगायत भिडभाडको बेला माल्याणपर्ण गर्दा चिप्लिएर खसेको समेत देखिन्थ्यो ।

जब रेसुङा नगरपालिका मेयर बिजियी भएर त्यस शालिकमा माल्याणपर्ण गर्दा कर्याकर्ताको भिडमा त्यही नियती भोगे तब उनले यो असुबिधाको अन्त्य गर्छु र सजाउछु भनेर कबुल गरे ।
लगत्तै कार्यभार सम्हाले पछि उनले वरिवरी रेलिङ्ग लगाए ।

गेट निर्माण गरेर ताला -चाबीको ब्यबस्था , माथी शालिक सम्म चढ्ने रेलिङ्ग स्टिल कै भर्याङ्ग अनि भर्याङ्ग बाट उक्लेर वरिपरि दुईचार जना लाम लागेर पाल्याणपर्ण गर्न मिल्ने गोलो तल्ला स्टिलको बनाए र वरिपरि झिलिमिली बत्ती लगाइ दिए ।

सिर्जनशिल बिकासको धेरी ठूलो बजेटवाला बिकासको उदाहरण खोज्नु नै पर्दैन त्यो सानो रकमको कामनै उदाहरण काफी हुन्छ भन्ने कुराको दृष्य देखियो हिजो साझ । सहिद खत्री सहितका शहिद र बेपत्ता परिवारको सम्मान कार्यक्रममा भर्खर आएको सिडियो टेक बहादुर केसि समेत छ्क्क परेर हेर्दै थिए शालिकको सजावट र बत्तिले दिएको त्यो शौन्दर्यकरण ।

झिलिमिली बिधुतको बत्ती , त्यस माथी वरिपरि दिपावली पछि साच्ची नै त्यो शालिक क्यामरमा कैद गर्दा स्वर्ण बान्की देखिन्थ्यो ।
माल्याणपर्णमा क्रमश ; मेयर पन्थी , कार्यक्रमको अध्यक्षता गरेका जिल्ला समन्वय सदस्य शेरबहादुर बिक , सिडियो केसि , एसपी नविनकिशोर प्रधान , अन्य जनप्रतिनिधि र कर्मचारीहरु भर्याङ्गमा पंक्तिबद्ध थिए ।
कार्यक्रममा ज्ञात आज्ञात सहिद र बेपत्ता नागारिकका परिवारलाइ स्मरण गर्दै शब्द सम्मान पर्कट गरे मेयर पन्थीले र जिसस सदस्य बिकले समापन गरे ।
कार्यक्रमको संयोजन नगरपालिकाका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतमले गरेका थिए । अहिले साझ जिल्ला प्रशसन अगाडि मानव अधिकार तथा शान्ती समाज गुल्मीले पनि दिपावली गरेको छ ।

दिवावली पछि समाजका अध्यक्ष ढुण्डिराज पोखरेलले सम्बोधन गरेका थिए । गणतन्त्र दिवसको अबसरमा आज सहिद तथा बेपत्ता परिवारलाइ नगरपालिकाले सम्मान गर्ने जनाइएको छ । त्रिदिवसिय गणतन्त्र दिवसका गणतन्त्र दिवसको तीन दिन अघि उनै जिसस सदस्य शेरबहादुर बिकको अध्यक्षता बसेको बैठकले विभिन्न कार्यक्रम तय गरेको थियो । गुल्मीको हकमा जिल्ला स्तरिय गणतन्त्र दिवस कार्यक्रम दलित समुदायको ब्यक्तिको अध्यक्षतामा बसेको बैठकले बिविध कार्यक्रम तय गरेको सम्भबत पहिलो हुनु पर्छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता