स्थानीय पाठ्यक्रम निर्माणको लागि जिल्ला बाहिर रहेका विज्ञहरूको सुझाब लिदै मालिका गाउँपालिका



भदौ ८ गुल्मी ।

आधारभुत तहमा स्थानीय तहको पाठ्यक्रम निर्माणमा जुटेको मालिका गाउँपालिकाले आफ्नो तयारीलाई तिव्रतका साथ अगाडि बढाएको छ । स्थानीय तहको पाठ्यक्रमको मस्यौदा तयार पारेर शिक्षा विद तथा विभिन्न क्षेत्रमामा कार्यरत विज्ञहरुको सुझाव लिने कार्यलाई अगाडि बढाईएको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए ।

यसै बिच आज गुल्मी घर भई काठमाडौमा विभिन्न पेसा व्यवसाय गर्दै आएका गुल्मेलीहरु बाट सुझाव लिइएको छ । काठमाडौको एक होटलमा भएको स्थानीय पाठ्यक्रम निर्माण विषय छलफल तथा सुझाव संकलन गोष्ठीमा विज्ञहरुले विभिन्न सुझाब दिएका छन । नेपाल सरकारका पुर्व सहसचिव तारा बहादुर कार्की, उपसचिव देवीराम अर्याल,नेपाल सरकारका बाहालवाला सहसचिव रमेश अर्याल, केएमसी कलेजका राजेन्द्र पोख्रेल ,डाक्टर नागेन्द्र अर्याल , त्रिचन्द्र बहुमुखी क्याम्पसका भिमराज अर्याल लगायतले सुझाव दिएका छन ।त्यस्तै सो कार्यक्रममा स्थानीय तह पाठ्यक्रम लागू गरिसकेको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले पनि सुझाव दिएका थिए ।
विज्ञहरूले विपद व्यवस्थापन ,लोक संस्कृति, मालिकाको चिनारीलाई समेट्न सुझाब दिएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बताए ।

यता मालिका गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रमको मस्यौदा समग्र गाउँपालिकाको भूगोल , वातावरण , रहनसहन , कलासंस्कृति, गाउँपालिकाको चिनारी,सिपमुलक गतिविधि लगायका विषललाई समेटेको छ ।
आधारभुत तहको पाठ्यक्रम पाठ्यक्रम आगामी शैक्षिक सत्रको सुरुमै सबै विद्यार्थीको हातहातमा पुग्ने गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले दावी गर्दै आएका छन ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता