सेल्फी टावरमा सेल्फी खिच्नेको घुंईचो !



भदौ- १२ गुल्मी ।

गुल्मीको रेसुंगा नगरपालिका सात अजुर्न डाडामा रहेको सेल्फी टावरमा आन्तरीक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । सेल्फी टावर बाट मनोरम दृश्य देखिने भए पछि आन्तरीक पर्यटकहरु सेल्फी खिच्नकै लागी भए पनि टावर सम्म पुग्ने गरेका छन् ।
सेल्फी टावर बाट देखिने चारै तिरको सुन्दर दृश्य , माथिल्तीर अजुर्न डाडा तल सुन्दर तम्घास बजार जुन दृश्यले जो कै को मन लोभ्याउने गर्दछ ।

सदरमुकाम तम्घास बाट करिब तीन किलोमिटर उकालो चढेपछि भेटिने यो सेल्फी टावर पछिल्लो समय आन्तरीक पर्यटक संगै युवायुवतीको निम्ती आकर्षणको केन्द्र बन्न पुगेको छ । १३ मिटर अग्लो टावर बाट सदरमुकाम तम्घास बजार सहित छिमेकी जिल्लाका मनोरम दुश्य अवलोकन गर्ने सकिन्छ । सबैको फेसबुक तथा जताकतै टावरको चर्चा भए पछि आफुहरु घुम्न आएको स्थानीय अनिता श्रेष्ठले बताईन ।

 

सेल्फी टावर निमार्णको लागी लुम्बिनी प्रदेश सरकारको १५ लाख लगानी रहेको छ । धेरै पर्यटक भित्राउनको लागी टावर सम्म पुग्न राम्रो मोटरबाटो, खानेपानी तथा होटलको व्यवस्था हुनु पर्ने आन्तरीक पर्यटक ग्रिष्मा पाण्डेको सुझाव रहेको छ ।

पर्यटकीय तथा धार्मीक क्षेत्र अजुर्न डाडाको बृहतर विकासको लागी सेल्फी टावर निमार्ण गरिएको वडा अध्यक्ष महोन प्रसाद पाण्डेले बताए ।
संघीयताका कारण सुनसान बन्दै गएको सदरमुकाम तम्घास बजारमा छहलपहल कायम राख्न र आन्तरीक पर्यटक बढाउन सेल्फी टावर जस्ता थुर्पै पर्यटकीय संचरनाको निमार्ण तथा निमार्ण भएका पर्यटकीय तथा धार्मीक स्थलको प्रचार प्रसार गर्न सक्ने हो । भने आन्तरीक तथा बाह्य पर्यटक सजिलै भित्राउन सकिने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता