सुधार गर्नु पर्ने सर्त सहित मालिकामा बजार अनुगमन !



फागुन ३० गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले बजार अनुगमन गरेको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालको नेतृत्वमा वडा नम्बर सात घमिर र वडा नम्बर छ अर्जैका ३४ वटा पसल अनुगमन गरिएको प्रशासन शाखाका प्रमुख गोपाल सेनले जानकारी दिए ।
गाउँवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिका बजार अनुगमन निर्देशिका २०७४ को अनुसूची ४ अन्तर्गत बजार अनुगमन गरिएको उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।
अनुगमनको क्रममा भेटिएका म्याद नाघेका अखाद्य वस्तु बरामद गरि सोमबारनै जनप्रतिनिधि ,कर्मचारी तथा सुरक्षाकर्मीको रोहबरमा नष्ट गरिएको छ ।

पसलमा देखिएको समस्याको बारेमा गाउँपालिकाले मौखिक मात्रै नभई लिखित जानकारी दिएको छ । साथै अर्कोपटक सुधार नगरे कारबाही गर्ने चेतावनी गाउँपालिकाले दिएको छ ।

अनुगमनको क्रममा: पसलको साइन बोर्ड नभएको,मुल्य शुचि नराखेको,दर्ता तथा नविकरण नगरेको र मिश्रति ढंगले पसल सञ्चालन गरेको पाईएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए । तत्काल सुधार गर्न गाउँपालिकाले निर्देशन दिएको उनले दावी गरे ।

साथै अनुगमनले उपभोक्ता मात्रै होइन स्वयंम पसले पनि ठगिएको पुष्टि भएको छ । सदरमुकाम तथा अन्यत्र बाट पसल-  पसलमा समान पुराउने निहुँमा सोझा,इमानदार व्यवसायीलाई म्याद नाघेको वा म्याद नाघ्नै लागेको समान दिने गरेको पाईए पछि गाउँपालिकाले पसल व्यवसायीलाई समेत सचेत गराएको छ ।

साथै पसल व्यवसायीले पनि विभिन्न ठाउँमामा कर तिर्दा आम्दानी भन्दा खर्च धेरै हुने गरेको गुनासो गरेका छन् ।
सानो पसल आम्दानी अति न्यून भएका कारण थोरै कर र सिमित ठाउँमा मात्रै तिर्नु पर्ने व्यवस्था मिलाउन उनिहरुले माग समेत गरेका छन ।

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रतिनिधि ,घरेलु तथा साना उद्योग गुल्मी ,पत्रकार , तथा पालिकाका विभिन्न शाखाका कर्मचारी ,सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता