सिमलटारीमा खुल्ला तिज गीत प्रतियोगिता सप्पन्न ।



डि.बि खड्का ,भदौ २२ गुल्मी ।
गुल्मीको मालिका गाउँ पालिका वडा न आठ सिमलटारीमा खुल्ला तिज प्रतियोगिता सम्पन्न भएको छ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजको पावन अवसरमा सिमलटारी फ्रेन्ड्स क्लब र सिमलटारी ढावा बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको हो ।

दश  टिम सहभागिता रहेको प्रतियोगितामा खड्क भैरव युवा क्लब इस्मा प्रथम ,  थ्रि स्टार युवा क्लव मालिका ८ फल्नेनी दोस्रो  ,कालिका सक्सेस क्लब घमिर तेस्रो र सुपा देउराली महिला समूह सान्त्वना भएका छन् ।


पहिलो ,दोस्रो ,तेस्रो र सान्त्वना हुनेले कर्मश ।।दस हजार १ सय ११,सात हजार सात सय ७७ , पाच हजार पाच सय ५५ र दुई हजार दुई सय २२ प्राप्त गरेका छन् । कार्यक्रमलाई मालिका गाउँ पालिकाका अध्यक्ष रित बहादुर थापाले मैन बत्ती बालेर उद्घाटन गर्नु भएको थियो । साथै अध्यक्ष थापाले पछिल्लो समय तिजगित मा विकृति फैलिएको भन्दै दुख व्यक्त गर्नु भयो ।

खुल्ला तिज गीत प्रतियोगितामा मालिका गाउँ पलकाका उपाध्यक्ष देवा रिजाल अर्याल , प्रमुख प्रशासकीय अधिकृत दीपक भन्डारी , वडा न आठ का वडा अध्यक्ष टीका बहादुर जिसी लगायतको विशेष उपस्थिति रहेको थियो । फ्रेन्डस क्लबका अध्यक्ष ओम बुढा मगर को स्वागत मन्तव्य सिमलटारी ढावा बजार व्यवस्थापन समितिका का अध्यक्ष रुद्र केसिको अध्यक्षता तथा सचिव पीताम्बर पौडेल को सञ्चालन मा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता