सिद्धबाबा माध्यमिक विद्यालयद्वारा पेमीलाई आर्थिक सहयोग



सन्तोष महतारा -पुष २४ गुल्मी ।

गुल्मीको सिद्धबाबा माध्यमिाक विद्यालयले पीडितलाई आर्थीक सहयोग गरेको छ । विद्यालयको अतिरिक्त क्रियाकलाप सहयोग समितिको पहलमा रेसुङ्गा नगरपालिका १४ पराल्मीका मेखबहादुर पेमीलाई १० हजार १५ रुपैया सहयोग गरेको समितिका अध्यक्ष विद्यार्थी अनुप सुनारले जानकारी दिए । समितिको पहलमा कक्षा ११ र १२ को बिहानी संकायका विद्यार्थीहरुले नास्ता खर्च कटाएर पीडितलाई सहयोग गरेका हुन् । २१ वर्षिय पेमी आफ्नो शरिरले रगत उत्पादन नगर्ने रोगबाट पीडित रहेका छन् ।

सिद्धबाबा माध्यमिाक विद्यालयमा रहेको अतिरिक्त क्रियाकलाप सहयोग समितिले विगतका दिनहरुमा पनि दुखी पीडितहरुको लागि आर्थीक सहयोग गर्दै आइरहेको छ । समितिको अध्यक्ष अनुप सुनारले विद्यार्थीहरुले नास्ता खर्च कटाएर सहयोग गरेको भन्दै आर्थीक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गरिएको बताए । समितिको पहलमा पीडित दुखीहरुलाई सहयोग गर्न रकम संकलन गरिदै आइएको छ । सहयोग रकम आज एक कार्यक्रममा बीच संचारकर्मी सुमन पन्थीलाई हस्तान्तरण गरिएको छ । पेमीमा पुग्ने गरी हस्तान्तरण गरिएको समितिका अध्यक्ष अनुप सुनारले बताए । एउटा पढ्ने उमेरको विद्यार्थी ठुलो खर्च लाग्ने गरी रोगसँग लडिरहेको भन्दै सबैलाई सहयोग गर्न समितिले सहयोगका लागि पहल गरिरहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता