साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन !



सुमन पाण्डे काठमाडौँ, कात्तिक २४ गते ।

साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ शनिबार एक कार्यक्रमबीच विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरीले उक्त उपन्यासको विमोचन गर्नुभयो । सहयात्री दर्पण नेपालले प्रकाशनमा ल्याएको उक्त पुस्तक विमोचन समारोहमा साहित्यकार तथा प्राज्ञ माया ठकुरीले साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित उपन्यास समाज र वस्तुस्थिति झल्काउन सक्ने बताउनुभयो । उहाँले प्रेम सरोवर उपन्यासको अन्त्य वियोगान्तमा गएर टुंगिएको चर्चा गर्दै प्रेम मानमा मात्र नभइ सम्र्पूण जिवजन्तुमा निहित रहेको बताउनुभयो ।

ठकुरीले प्रेममा जातजाति,भाषा, संस्कृति, भुगोल कुनै पनि विषयले नछेक्ने हुँदा मानिसलाई समाजमा बाँधरे राख्न पनि प्रेमको महत्वपूर्ण भूमीका रहेको बताउनुभयो ।
कार्यक्रममा साहित्यकार तथा सहयात्री दर्पण नेपालका अध्यक्ष गोविन्द कँडेल ‘आँशु’ले सहयात्री दर्पण मार्फत दर्जनौ साहित्यीक पुस्तकहरु प्रकाशनमा ल्याइसकेको बताउनुभयो । उहाँले साहित्यलाई सबैले सम्मान गर्नुपर्ने भन्दै नेपाली साहित्यको संरक्षणमा सरकार लाग्नुपर्ने बताउनुभयो । उक्त उपन्यास साहित्यकार गोविन्द कंडेल आँशुले सम्पादन गर्नुभएको हो ।

यस्तै साहित्यकार कृष्ण धारावासीले नेपालमा उपन्यास पढ्ने रुची घट्दै गइरहेको बताउनुभयो । उहाँले उपन्यासमा सबै रचनाका विषयवस्तु दोहोरिदाँ समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो । समय अनुसार उपन्यास लेख्दा त्यसले लेखकलाई फाइदा पुग्ने भन्दै उपन्यास लेखनमा गहिरो अध्ययन जरुरी रहेको बताउनुभयो । साहित्यकार घनश्याम परिश्रमीले साहित्य सिर्जना सहज नभएको बताउनुभयो ।

प्रेम सरोवर उपन्यासकी लेखिका दुर्गा काफ्लेले आफू शिक्षण पेशामा भएर कठिनकासाथ उपन्यास सिर्जना गरेको बताउनुभयो । कुनै व्यक्तिको बुहारी, छोरी, आमा, श्रीमति भएर साहित्य सिर्जना गर्न गाहे हुने उहाँको भनाई थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता