सानै देखी अग्लुङका जनताको सेवामा छु त्यसकारण मलाई जनताले विजय बनाउने छन् ः चन्द



बैशाख २४ गुल्मी ।

मदाने गाउँपालिका वडा नम्बर एक अग्लुङका वडा अध्यक्ष पदका उम्मेदवार शुसिल चन्दले आफुलाई अग्लुङ वासीले भारी मतले विजयी बनाउनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेसको तर्फ बाट वडा अध्यक्ष पदको उम्मेदवार बनेका चन्दले सामुदायिक रेडियो स्काई बाट प्रशारण हुने निर्वाचन विशेष कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।
म सानै उमेर देखी कतै कहिँ कुनै अवसरको पछि नलागी निरन्तर अग्लुङका जनताको सेवामा छु । म तथा हाम्रो पाटी सत्ता बाहिर रहदा पनि यहाँका जनताको सेवा गरेको छु त्यसकारण मलाई यहाँका जनताले मत दिनेमा म विश्वस्त छु ।
साथै उनले भने ” हाम्रो टिम अहिले जनताको घरदैलोमा जादा अग्लुङको विकासको खाका सहित जनता माझ गएका छौँ त्यसकारण जनताले दिएको जिम्मेवारी सजिलै पुरा गर्ने छु” ।
अग्लुङ जिल्लाको पश्चिम क्षेत्रमा पर्ने विकट ठाउँ रहेको बताउदै विकासका पुर्वधार शिक्षा ,स्वास्थ्य ,खानेपानी , विद्युत तथा सञ्चारलाई प्राथमिकतामा राखेको चन्दको भनाई रहेको छ । त्यस्तै विकासको पुर्वाधार मानिने सडकको अवस्था अग्लुङमा अत्यन्तै नाजुक रहेको तथा सदरमुकाम तम्घास र अग्लुङको सडक सम्पर्क ६ महिना मात्रै हुने गरेको बताउदै सडकको स्तर उन्नति गरी सदरमुकाम तम्घास र अग्लुङको सडक सम्पर्कलाई सदावर जोड्ने प्रतिबद्धता समेत उनले जनाए ।
साथै अग्लुङमा कृषि योग्य जमिन प्राप्त मात्रामा रहेको बताउदै कृषि बाट पनि जनतालाई समृद्धि बनाउन आफुले काम गर्ने चन्दले उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता