साढे १३ किलो चरेश सहीत चार महिला पक्राउ



गुलाम अली ,कपिलवस्तु फागुन १५ ।
कपिलवस्तुमा दुई छुट्टा छुट्टै स्थानबाट साढे १३ किलो चरेश सहीत चार महिला पक्राउ परेका छन । कृष्णनगरबाट साढे ७ किलो चरेश सहीत ३ महिला तथा शिवराज नगरपालिकााकोे– ५ चैनपुरबाट ६ किलो चरेश सहीत एक जना पक्राउ परेका हुन । बुधवार राति १ बजेतिर कृष्णनगर नगरपालिका– २ स्थित लिंक गेट हुदै भारत जानेक्रममा साढे सात किलो चरेश सहीत ३ महिला पक्राउ परेको ईलाका प्रहरी कार्यालयका प्रहर िनिरीक्षक प्रताप पौडेलले बताए । शंका लागेर चेकजाज गर्दा ती महिलाहरुबाट चरेश बरामद भएको थियो । पक्राउ पर्नेमा शिवराज नगरपालिका– बिजोरीकी योजना न्यौपाने, , सुसमा रोका मगर र लमही नगरपालिका– ८ शान्तिनगरकी मीना कुमारी घिर्ती मगर रहेका छन ।


यस्तै पक्राउ परेका ३ जनाको बयानका आधारमा शिबरानगरपालिका– ५ की स्थानीय कमला पुन पक्राउ परेकी थिईन । तौलिहवाबाट खटिएको बिशेष टोेलीले बिहिवार दिउसो प्लाष्टिकको झोला भित्र राखिएको अवस्थामा ६ किलो चरेश बरामद गरेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए । पक्राउ परेका चारै जना उपर लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसंधान अघि बढाइएको उनले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता