सहकारीले उत्पादनमुखी कृषिमा जोड दिनुपर्छ ःप्रमुख प्रशासकीय अधिकृत भुषाल



कौरव खत्री गुल्मी २४ पौष ।

गुल्मी मुसिकोट नगरपालिका ७मा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्था लि.को नवौँ बार्षिक साधारण सभा शनिवार वामीमा सम्पन्न भएको छ ।

सधारारण सभालाई सम्वोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भूषालले महिला सहकारीलाई अव कृषि उत्पादनमुखी भएर अगाडी बढ्न आग्रह गर्नु भएको थियो ।

साथै भूषालले सहकारी बलियो भयो भने मुसिकोट बलियो हुने भन्दै महिला सहकारीले महिलाहरुको सशक्तिकरण र आय आर्जन गरि आर्थिक विकास गर्न कृषि क्षेत्रलाई जोड दिनु पर्ने बताउनु भयो । त्यस्तै भूषालले सहकारीमा वित्तीय शुसासन कायम हुनु पर्ने भन्दै सहकारीले आर्थिकसँगै सामाजिक र साँस्कृतिक हिसावले पनि विकास हुनु पर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा मुसिकोट नगरपालिकाका कृषि शाखा प्रमुख जनक पौडेल, पशु शाखा प्रमुख महेन्द्र पन्थी,परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष गोपीकृष्ण खरेल,गुल्मी मुसिकोट उद्योग बाणिज्य संघ वामीका सचिव महेश्वर घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै सभामा लक्ष्मीनारायण महिला कृषि सहकारी संस्था लि.अध्यक्ष यमुना घिमिरेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गनुभएको थियो भने संस्थाका लेखा संयोजक सरस्वति पोखरेलले आर्थिक बर्ष २०७७÷०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२०७० सालमा स्थापना भएको महिला सहकारी संस्थामा हाल ५ सय, २२ जना शेयर सदस्य आवद्ध रहेका छन् ।मुसिकोट नगरपालिका वडा नं. ७ र ८ कार्य क्षेत्र रहेको महिला सहकारीले मासिक बचत,विभिन्न कृषि कार्यक्रम,महिला सशक्तिकरण तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गदै आइरहेका लक्ष्मीनारायण महिला कृषि सहकारी संस्था लिका अध्यक्ष यमुना घिमिरेले जानकारी दिनुभयो ।

साधारण सभामा नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्री,सामुदायिक रेडियो पुष्पाञ्जली वामीका स्टेसन म्यानेजर प्रकाश घिमिरे, मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य रेणु प्रधान भारी,महिला सहकारी संस्था लि. का शेयर सदस्य, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम लक्ष्मीनारायण महिला कृषि सहकारी संस्था लि.का अध्यक्ष यमुना घिमिरेको अध्यक्षता तथा सहकारी संस्था लि.का शेयर सदस्य सुमित्रा सापकोटाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने लक्ष्मीनारायण महिला कृषि सहकारी संस्था लि. का व्यवस्थापक कृष्णा गुरुङ्गले गर्नु भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता