ससंद विघटनको विरुद्धमा मुसिकोटका ९ वटै वडामा काँग्रेसको विरोध प्रदर्शन !



सागर भण्डारी,गुल्मी । ससंद विघटनको देशव्यापी विरोध स्वरुप नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिलिे पनि विरोध प्रदर्शन गरेको छ । सरकारको कदमको विरोधमा देशभर एकसाथ भएको विरोध सभा मुसिकोटका ९ वटै वडामा सम्पन्न भएको बताईएको छ ।

कांग्रेसको केन्द्रीय परिपत्र अनुसार नेपाली काग्रेंस मुसिकोट नगर कार्यसमितिको आयोजनामा ९ वटै वडामा भएको विरोध सभालाई नेताहरुले सम्बोधन गरेका छन् । नगरपालिकाको वडा नं ७ वामीमा भएको विरोध सभालाई नेपाली काँग्रेसका प्रभावशालि नेता एवम् क्षेत्र नं डा. दामोदर भुषालले सवोंधन गर्दै प्रधानमन्त्रीको असंवैधानिक कदमले देश अनिणर्यको बन्दी बनेको बताउनुभयो ।

त्यस्तै उहाँले संसद पुर्नस्थापना हुने भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवि भण्डारीलाई महाअभियोग लगाई निलम्बन गर्नुपर्ने बताउनुभयो । जनताले दिएको जनमतको दुरुपयोग गरी केन्द्र देखि स्थानीय तहसम्म नै जनभावना अनुरुप काम नभएकाले अबको विकल्प नेपाली काँग्रेस नै रहेको दाबी गर्नुभयो ।

समृद्ध मुसिकोटका लागि नेपाली काँग्रेसले दिएको सुझावलाई नगरपालिकाले वेवास्ता गरेको भन्दै उहाँले अब नेपाली काँग्रेसको सरकार आएर त्यसलाई अगाडी बढाउने बताउनुभयो । काँग्रेसले चाईनाको विशेषज्ञ टोलीलाई लिएर प्राविधिक सुझाव दिँदा पनि नगरपालिकाले वेवास्ता गर्योँ, उहाँले भन्नुभयो, अब मुसिकोटमा काँग्रेसको सरकार निर्माण हुने र त्यसपश्चात विकास र समृद्धिको पक्षमा कायापलट हुने बताउनुभयो ।

जनताले ५ वर्षको लागि स्थिर सरकारको रुपमा नेकपालाई बहुमत दिएर जिताएपनि आफ्नो पदीय लोलुपताका कारण देश र सविंधानलाई नै धरापमा पार्ने गरी गरेको संसद विघटनले नेपाली नागरकिलाई दुःखी बनाएकोले कांग्रेसले सडक आन्दोलन गर्नुपरेको उहाँको भनाई थियो ।
आयोजित विरोध सभाका अवसरमा नगरपालिका परिक्रममा गरी प्रधानमन्त्रीको कदमको विरोधमा नाराबाजी गरिएको थियो ।

उक्त विरोध सभामा नेपाली काँग्रेस मुसिकोटका नेता बेग प्रसाद शाक्यको अध्यक्षता, रहेको कार्यक्रममा नेपाली काँग्रेसका नेता कृष्णहरी सापकोटा पार्टीमा आबद्ध कार्यकर्ता तथा नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस मुसिकोट नगर सचिव डिलाराम खरालले गर्नुभएको थियो ।

वडा नं २ मा सम्पन्न विरोध सभामा तुल बहादुर कार्कीको सभापतित्व रहेको थियो । कार्यक्रमम राजेन्द्र सिहं ठकुरीको स्वागत मन्तव्य र बाबुराम घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त विरोध सभाको सम्बोधन नेपाली काँग्रेस पूर्व जिल्ला सदस्य फन बहादुर रायमाझीले गर्नुभएको थियो । कार्यक्रममा राम बहादुर केसी, तेज बहादुर महत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वडा नं ८ मा भएको विरोध सभालाई दलित सघं मुसिकोट सभापति दिनेश खातिले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको छ । कार्यक्रममा तारक बहादुर रायमाझी सभापति रहेको थियो । भने गम्भीर खत्रीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा मुसिकोट नगर शिक्षक सघंका सचिव भिमसेन केसी, नेविसघं जिल्ला सदस्य रमेश रसौली लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन रण बहादुर रायमाझीले गर्नुभएको थियो ।

यसैबीच ९ वटै वडामा भएका विरोधसभालाई मुसिकोटका नेताहरुले सम्बोधन गरेका छन् । वडा न १ मा भएको विरोध सभालाई नेपाली काँग्रेस पूर्व जिल्ला सचिव हरिनारायण सापकोटा, वडा न २ मा पूर्व जिल्ला सदस्य फन बहादुर रायमाझी,वडा न ३ मा जिल्ला सदस्य कल्पना घिमिरे, वडा न.४ मा भएको विरोध सभालाई मुसिकोट नगरसचिव मोहन मोहन घिमिरे,वडा न ५ मा नेपाली काँग्रेस मुसिकोट छाँया सरकार प्रमुख झविलाल भण्डारी, वडा न ६ मा शिक्षक युनियनका पूर्व सभापति भिमलाल सापकोटा, वडा न ८ मा दलित सघं मुसिकोट सभापति दिनेश खाति र वडा नं ९ मा भएको विरोध सभालाई नेपाली काँग्रेस जिल्ला सचिव विष्णु सापकोटाले सम्बोधन गर्नुभएको थियो ।

सभामा बोल्ने नेताहरुले बर्तमान सरकार अभिनायकवादको पर्याय भएको र संसद विघटन जस्तो असंवैधानिक काम गरेको भन्दै वर्तमानको नेकपा सरकार भ्रष्ट भएकोले विरोधका कार्यक्रम गर्नुपरेको बताएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता