सरकारद्वारा प्रतिबन्धित विप्लव समुहद्धारा नेपाल बन्दको घोषणा !



 

माघ ९ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध भोली माघ १० गते नेपाल बन्द घोषणा गरेको छ ।

नेपाल बन्दलाई सफल बनाउन महासचिव विप्लवले सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन । एक प्रेस वक्तव्य जारी गर्दै सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न पार्टीपङ्क्ति र श्रमिक जनतालाई निर्देशन दिएका हुन ।

महासचिव विप्लवले ओली सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न पनि आग्रह गरेका छन् ।

उनले राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य पनि स्पष्ट पारेका छन् ।

 प्रेस वक्तव्य

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता