समाज सुधारको नयाँ अभियान :मदानेमा अगुवा नगारिकलाई सम्मान !



अनिल खत्री
जेठ १२ ,गुल्मी ।
गुल्मीको मदाने गाउँपालिका ०१ अग्लुङ्गले आज एक कार्यक्रमका बिच बुहारी सम्मान , SEE र कक्षा ०८ मा उत्कृष्ट स्थान ल्याउने बिद्यार्थीलाई सम्मान गरेको छ। पछिल्लो समयमा जेष्ठ नागरिक सेवा सुसार गर्ने क्रम घटिरहेको र जेष्ठ नागरिकहरु सेवा स्याहारसुसार  गर्ने बुहारीलाई सम्मान गरिएको वडा अध्यक्ष सुशील चंदले बताए ।

सम्मानले बुहारीहरुलाई प्रोत्साहन मिल्ने र ज्येष्ठ नागरिकले सेवा पाउने हुँदा उक्त कार्यक्रम गरिएको वडा अध्यक्ष चंदले बताए ।

सबैलाई एकैचोटी गर्न वडाले नसके पनि यसपटक साविकका ९ वटा वडाबाट १/ १ जना बुहारीलाई सम्मानपत्र ,दाेसल्ला ,टीका र मालाले सम्मान गरिएको वडाले जनाएको छ।

साथै कार्यक्रममा शैक्षिकसत्र २०७९ मा SEE मा अग्लुङ्गमा सबैभन्दा धेरै अङ्क ल्याउने बिधार्थि अनमाेल चन्दलाई नगद रु १०,००० र कक्षा ८ मा सबैभन्दा धेरै अंङ्क ल्याउने गंगा बाेहाेरालाई नगद पाँच हजार सहित सम्मानपत्र र दाेसल्लाले सम्मान गरिएको छ ।

सोहि कार्यक्रममै उत्कृष्ट किसान ,समाजसेबि ब्यक्ति ,कर्मचारी, शिक्षक ,अनुसाशित बिद्यार्थी , खेलाडी, सामाजिक सघ सस्था लाई सम्मान गरिएको छ ।

अग्लुङ्गको हरेक क्षेत्र ,बिकास निर्माणलाई समय सङ्गै बदल्ने योजना रहेको र आउदो दिनमा अझै यस्ता प्रभावकारी काम गर्ने वडा अध्यक्ष सुशील चन्दले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता